सानैमा बिवाहा गर्ने किशोरी :पछुताउँदै

  • नमस्ते कर्णाली

  • १६, बैशाख २०८२
    जुम्ला।जुम्लाको पातारासी गाउँपालिका -१ गडिगाउँकी चन्द्ररुपा बुढाले सानैमा बिवाहा गरिन्।उनलेे कक्षा -६ मा पढ्दापढ्दै भागि बिवाहा गरेको सुनाउँछिन्।त्यो बेला बुढा १६ बर्षकी थिइन्। अहिले उनी २७ वर्षकी भइन्।बुढाका अहिले दुईवटा छाेरा र तीन महिनाकि छाेरी छिन्। सानैमा बिहे गरेकी उनीलाई स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको बताउँछिन्न।

    श्रीमान् कहिले जडिबुटी टिप्न पाटन तिर, कहिले मजदुरी गर्न कालापहाड( भारत) जान्छन्,’ उनले भनिन्,स्कुलले जिवनमा ‘सामान्य चिनजान थियो, श्रीमान विरबहादुर ऐडी -७ कक्षामा पढ्थे।
    पछि फोनमा कुरा हुदै गयाे।कक्षा- ६ काे बार्षिक परिक्षा नदिएरै बिहे गरे। आजभोलि पढ्न त,परकाे कुरा हाे,गुजारा चलाउन गाह्रो छ ।’घरायसी कामले पढ्न नसकेको उनले बताइन् । ‘पढ्छु भन्दा सासू–ससुरा र देवर -देवरानीले गर्ने व्यवहारराम्रो गर्दैनन्।छोराछोरीको लत्ताकपडा,पढ्ने कापीकलम र घर खर्च जुटाउन वर्षभरि नै मजदुरी गर्नुपर्ने बाध्यता गर्नुपर्ने बताउँछन् श्रीमान विरबहादुरले,कलिलैमा विवाह गर्दा अहिले पछुतो भयो।संगै साथीहरू स्थायी जागिरे छन् ।राम्रो पाेष्टमा पुगेका छन्।’यस्तै सिंजा गाउँपालिका -६ भाडगाउँकी २६ वर्षीया बसन्ति बुढा(रावत)को पनि कथा मिल्दोजुल्दो छ उनले बिवाहा गरेको ९ वर्ष भयो ।

    उनका साथमा दुईवटा छाेरा छन्। नजिकैको कैलाश मावि फुङ्ग्रमा कक्षा पढ्दापढ्दै नै प्रेमविवाह गरेकी थिइन्। ‘पढ्ने उमेरमा लहैलहैमा लागेर विवाह गरेको बसन्ति बताउँछिन्। बिवाहा गरेको वर्षमै उनको पढाइ निरन्तर भएन्,’ उनले लजाउँदै भनिन्, ‘दुईवटा त, गर्भमा खेर गए,सानैमा आमा बनेपछि, झनै घरायसी कार्य बाेझ थपियो,’ उनले भनिन्,’ बालविवाहकै कारण नेपाली नागरिकता बनेन,दुईवटा छाेराकाे पाउनुपर्ने बालभत्ता पाइन्।गुनासो गरिन्।यी दुई पात्र मात्रै हुन जुम्लाका ग्रामीण क्षेत्रमा सानो उमेरमै बिवाहा गर्नेकाे तथ्यांक डरलाग्दो देखिन्छ। यता जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक हेर्दा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरु आमा बनेकाे पाइएको छ ।
    सबैभन्दा धेरै गुठिचौर गाउॅपालिकामा ३३ प्रतिशत ,यस्तै पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरीहरु आमा बनेका हुन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णसापकोटा भन्छन् घरमा छिट्टै विवाह गर्ने चलन छ, शिक्षाको कमी छ। चाँडै उमेरमा विवाह हुनेहरू बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन्। शरीरका सबै अङ्गको पूर्ण विकास भइसकेको हुँदैन।,’ शाही छिटो छिटो बच्चा जन्माउनेहरूमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने खतरा बढी हुने बताउँछन्।यो चिन्ताजनक अवस्था हो ।’जिल्लाका १४ वटा वडाहरु त बालविवाहमुक्त वडाका रुपमा घोषित भइसकेका छन् ।बढ्दो बालविवाह रोक्न स्थानीय सरकारहरूले सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभतेरमा सहभागी नहुनेदेखि गाउँबस्तीमा सचेतना फैलाउने काम गरिरहेका छन्। यता सिंजा -६ का वडाध्यक्ष लालबहादुर बुढाले बालविवाहले किशोरीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले कडाइ गरिएको बताउँछन्।

    यस्तै जनस्वास्थ्य कार्यालयको आव २०७७/०७८ को तथ्याङ्क अनुसार जुम्लाका ८ सय ६० जना किशोरीहरू २० वर्ष नपुगी आमा बनेकाे पाइएको छ।चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका थिए।

    पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना रहेका थिए। मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ।यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ।२०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ ।

  • १६ बैशाख २०८२, मंगलवार ०९:४३ प्रकाशित

  • Nabintech