डोटीमा मिनि ट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • १०,  बैशाख २०८२

    डोटी । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको मिनि ट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ।
    धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर गइरहेको सु.प.प्र. ०१–००१ ख ३४२८ नम्बरको मिनि ट्रक बिहान ६:०५ बजे भिमदत्त राजमार्ग अन्तर्गतको सडकबाट झन्डै ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
    दुर्घटनामा परि मिनि ट्रकका चालक बझाङ बुङ्गल नगरपालिका–२, दहबगर निवासी करिब ३२/३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। साथै, दुई अन्य यात्रुको पनि घटनामा मृत्यु भएको छ तर उनीहरूको नाम, थर र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
    प्रहरीका अनुसार मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • १० बैशाख २०८२, बुधबार १०:५६ प्रकाशित

  • Nabintech