८, बैशाख २०८२
ताप्लेजुङ ।ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको जिप सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
दुर्घटनामा चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीम दाहालले जानकारी दिए । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।
मृतक र घाइतेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।