कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा आगलागी, करिब ४५ लाखको क्षति

  • नमस्ते कर्णाली

  • ७, बैशाख २०८२

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा आज बिहान आगलागी हुँदा ठूलो मात्रामा धनमाल नष्ट भएको छ। बिहान करिब ७ बजे पसलबाट धुवाँ र आगोको मुस्लो निस्केपछि आगलागीको जानकारी भएको हो।

    ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगो विद्युत सर्टबाट लागेको प्रारम्भिक अनुमान गरिएको छ। पसल सञ्चालक मेघराज लम्सालका अनुसार आगलागीबाट करिब ४० देखि ४५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

    हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी कोहलपुर नगर प्रहरीको सक्रिय सहभागिता रहेको थियो। आगलागीको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

  • ७ बैशाख २०८२, आईतवार १०:४२ प्रकाशित

  • Nabintech