६, बैशाख २०८२
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित जंगलमा गुडिरहेको बसमा आगलागी भएको छ। प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको बसमा शुक्रबार बेलुका अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
फत्तेपुरस्थित ढलैयादेखी करिब ५ सय मिटर पूर्वतर्फ बसमा एक्कासी आगो लागेको हो। बिग्रिएको सो बस मर्मतका लागि नेपालगञ्ज ल्याउने क्रममा आगलागी भएको प्रहरीले बताएको छ।
बसमा रहेका चालक र सह–चालकले हामफालेर ज्यान जोगाउन सफल भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक पातलीका अनुसार आगो निभाउन नेपालगञ्जबाट खटिएको दमकल घटनास्थलमा करिब एक घण्टापछि पुगेको थियो।
तर त्यसबेलासम्म बसको करिब ८० प्रतिशत भाग जलेर नष्ट भइसकेको थियो। आगलागीको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।