संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महत्वपूर्ण उपलब्धिहरु

अन्तर्राष्ट्रियस्तरको “टुरिजम मिनिस्टर अफ द एयर” अवार्ड देखि राष्ट्रिय कार्यसम्पादनमा दोस्रोसम्म


  • अशोक भण्डारी

  • ृजर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आईटीबी बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रुपमा “टुरिजम मिनिष्टर अफ द यियर”’ अवार्डबाट सम्मान गरिएको छ । यस्तो पुरस्कार नेपालले पहिलो पटक प्राप्त गरेको हो । यसैगरी, पर्यटन क्षेत्रमा छोटो समयमा थुप्रै नीतिगत सुधार गरेको, सरकारको कार्यसम्पादनमा उत्कृष्ट अंक हासिल गरेको तथा पर्या-पर्यटन, दिगो पर्यटन तथा साहसिक एवं पर्वतीय पर्यटनका क्षेत्रमा नवीन तथा उल्लेखनीय काम गरे वापत सो पुरस्कार प्रदान गरिएको थियो ।
    काठमाडौँ। संघीय सरकारका महत्वपूर्ण मन्त्रालय मध्येको एक हो– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । यस मन्त्रालयको नेतृत्व बद्रीप्रसाद पाण्डेले गरिरहेका छन् । यस अवधिमा मन्त्रालयले दीर्घकालीन विकास र समृद्धिको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने दर्जनौ उपलब्धि हासिल गरेको छ । नेपाल सरकारको हालै प्रकाशित कार्यसम्पादन सूचकमा मन्त्रालयले ८० प्रतिशत कार्यसम्पादनसहित दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरु मन्त्रीपरिषद्बाट स्वीकृत भई संसदमा दर्ता भएका छन्, यसबाट नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउनुको साथै नेपाली हवाईजहाजहरुलाई युरोपेली आकाशमा लामो समयदेखि लगाइएको प्रतिवन्ध फुकुवा गर्न महत्वपूर्ण उपलब्धी हासिल हुनेछ। । संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन वटै क्षेत्रमा आवश्यक कानूनी प्रबन्ध गरी व्यवसाय, लगानी एवं निजीक्षेत्रमैत्री वातावरणको सिर्जना गर्न एक दर्जन बढी नीति तथा कानूनहरु निर्माण तथा परिमार्जनको चरणमा तीब्र गतिमा अगाडि बढाइएको छ। यस्ता नीतिगत एवं कानूनी प्रबन्धबाट निजी क्षेत्रमा समेत आशा खुसीको सञ्चार हुन थालेको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुनेगरी समानान्तर ट्याक्सी मार्गहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हराएका पुरातात्विक वस्तु फिर्ता ल्याउने प्रयास अन्तर्गत नेपालबाट चोरी तस्करी गरी विभिन्न देशमा पुर्याइएका मूर्ति, पाण्डुलिपी तथा अन्य पुरातात्विक सम्पदाहरु फिर्ता गरिएको छ ।
    यस्तै मन्त्रालयले चालू र पूँजीगत बजेट खर्च, राष्ट्रिय गौरवका आयोजना, बेरुजु फछ्र्यौट, संस्कृति, पर्यटन र नागरिक उड्डयनतर्फ दीर्घकालीन आधार तयार गर्ने खालका उपलब्धिहरु समेत हासिल गरेको छ । यसैगरी, मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गरी २२ वटा मन्त्रालयहरुमध्ये द्वितीय स्थान हासिल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्गराष्ट्रिय स्तरमा समेत आफूलाई अब्बल स्थापित गर्न सफल भएको छ ।
    मन्त्रालय अन्तर्गतका आठ वटा राष्ट्रिय गौरवका आयोजनाहरुले अहिलेसम्म न्युनतम ६५.९८ देखि अधिकतम् ९९.६ प्रतिशत उपलब्धि हासिल गरेको मन्त्रालयले जनाएको छ । चालू आवकै हालसम्म मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकार र अन्य गरी कूल ८४.३९ प्रतिशत गुनासो तथा उजुरी व्यवस्थापन गरेको छ भने बेरूजु फछ्र्यौटमा समेत उल्लेख्य उपलब्धि हासिल गरेको छ ।
    मन्त्रालयले संस्कृतितर्फ १० वटा सम्पदाको पुर्ननिर्माण,जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न सफल,दाङमा ऐतिहासिक स्थलहरुको संरक्षण र अन्वेषण अभियान र चालू आर्थिक वर्षमा ६ लाख मध्ये ३ लाख ९० हजार पृष्ठ अभिलेखहरुको डिजिलाईजेसन गरिएको छ । त्यस्तै, लुम्बिनी गुरूयोजाको पूर्वी विहार क्षेत्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ७२ प्रतिशत, सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ८६.७६ प्रतिशत ग्राममा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य ६० प्रतिशत र लुम्बिनी गुरुयोजनाको सांस्कृतिक केन्द्रमा सडक सञ्जाल तथा सम्बन्धित निर्माण कार्य र गुरूयोजना क्षेत्रमा विद्युतीकरण गर्ने कार्य ८७ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
    संस्कृतितर्फ कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पुरातात्विक स्थल पहिचान गरिएको छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को संशोधन मस्यौदा तर्जुमा सम्पन्न भएको छ । प्रतिलिपि ऐनको मस्यौदा सम्वन्ध अर्थ मन्त्रालयबाट सहमति प्राप्त भै राय सहमतिका लागि कानून, न्याय तथा संसदीय मन्त्रालय पठाउने प्रक्रियामा रहेको छ ।
    प्राचीन स्मारक संरक्षण ऐन र नयाँ संग्रहालय ऐनको मस्यौदा सम्वन्धमा अर्थ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय सहमति बमोजिम दुवै ऐनलाई एकीकृत विधेयक मस्यौदा तयार गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् मा पेश गर्ने प्रक्रियामा रहेको रहेको छ । संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको छ । यस्तै बुद्ध, शिव, रामायण, किरात परिपथको मार्ग निर्धारण सम्वन्धी अध्ययन गरेर डिपीआर तयार गर्ने कार्य भइरहेको, नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र पवद्र्धनका लागि राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफायल तयार गर्नुका साथै प्रदेश र स्थानीय तहवाट मौजुदा तथा नयाँ पर्यटकिय गन्तव्यहरुको तथ्याक संकलन गरी प्रारम्भिक सूची तयार गरिएको छ ।
    पर्यटनतर्फ पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधन, पर्यटन विधेयक, २०८१ संघीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेश गरिनुका साथै क्यासिनो नियमावली, २०७० संसोधनको लागि मन्त्रिपरिषद्मा पेश गरिएको गरिएको छ । यस्तै, पर्यटन नीति, २०८१ मस्यौदा तर्जुमा गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ । नेपालका ५८०० देखि ६५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । पर्यटन विभाग अन्तर्गत कार्यान्वयन हुने गरी स्थानीय तहबाटै सञ्चालन गर्ने गरी ४९ वटा कार्यक्रमको लागि ५६ करोड रुपैयाँ अख्तियारी हस्तान्तरण गरिएको छ ।  पर्यटन दशक (२०२५–२०३५) को अवधारणापत्र स्वीकृत भई कार्ययोजना निर्माणको क्रममा रहेको छ । सुदुरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको इकाइ विस्तार गरिएको छ । पोखरामा पहिलोपल्ट अन्तर्राष्ट्रियस्तरको हट एअर बलुन महोत्सव सम्पन्न गरिएको छ । खप्तडबाट बढीमालिका सम्मको पदमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ र उक्त पदमार्ग रारासम्म विस्तारित हुने गरी कार्य भइरहेको छ । विश्व पर्यटन दिवस, भरतपुर भ्रमण वर्ष, सौराहा पर्यटन हात्ती महोत्सव, ठिमी महोत्सव, पोखरा सडक महोत्सव जस्ता देशभित्र आयोजना गरिएका २१ वटा कार्यक्रमहरुमा सहकार्य गरिएको छ ।

  • १ बैशाख २०८२, सोमबार १२:५१ प्रकाशित

  • Nabintech