२७ चैत्र, २०८१
अछाम । अछामको जयगढ बजारमा गए राति ग्यासको सिलिण्डर पड्किएर भएको आगलागीमा सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। जयगढ बजारका २७ वटा घर, पसल र अन्य सामाग्रीमा कुल ७ करोडभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएकाे अछाम प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयाे।
आगलागीको सुरुवात स्थानीय पुष्पराज शर्माको आईएमी सेन्टरबाट बेलुकी ७:२० बजे भएको थियो। पाँच घण्टाको निरन्तर प्रयासपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी र मंगलसेन नगरपालिकाको दमकल टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।
अछाम प्रहरीले आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरण संकलन गर्दै गरेको र सम्पूर्ण क्षतिको मूल्यांकन भइरहेको जानकारी दिएको छ।