• नमस्ते कर्णाली

  • स्थापनाकालदेखि हालसम्म थुप्रै शैक्षिक कार्यक्रम सञ्चालन हुनुका साथै विद्यार्थीको सङ्ख्या बढेपनि आवश्यक बजेट र स्थायी जनशक्ति व्यवस्थापन हुन नसक्दा विश्वविद्यालयले कठिनाइ झेल्नु परेको हो । करार जनशक्तिले काम चलाइरहेको विश्वविद्यालयलाई पछिल्लो समय भौतिक पूर्वाधार निर्माण तथा अनुसन्धान एवं शैक्षिक गतिविधिका लागि समेत बजेट अभाव हुने गरेको छ ।

    आज सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालय र संघीय संसद्, प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बीच भएको अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई हाल थुप्रै चुनौतीका बावजुत सकारात्मक कार्यहरू अगाडी बढिरहेको बताउनु भयो । उहाँले जनशक्ति व्यवस्थापनदेखि भौतिक पूर्वाधार निर्माण तथा अनुसन्धान एवं शैक्षिक गतिविधिका लागि देखिएको समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिनु भयो ।

    संघीय संसद्, प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवं सदस्यज्यूहरूलाई आवश्यक उच्चस्तरीय पहलका निमित्त आग्रह गर्दै उहाँहरूको उपस्थितिका लागि धन्यवाद उहाँले धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यूले मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशसँगै समग्र राष्ट्रकै शिक्षा क्षेत्रको उन्नयन तथा विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । उहाँले हाल विश्वविद्यालयले सामना गर्नु परिरहेका समस्याहरूप्रति संघीय सरकारले विशेष चाँसो दिँदै समग्र विकासमा सबैले अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा. गौतमको अध्यक्षता र संघीय संसद्, प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, उप–प्राध्यापकद्वय खेमराज रावत तथा यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको समग्र अवस्था र भावी योजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

     

     

     

  • २४ चैत्र २०८१, सोमबार ११:३६ प्रकाशित

  • Nabintech