२४, चैत्र २०८१
बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको टि-शर्ट शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। प्रतियोगिता अन्तरालको आयोजनामा र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी वैशाख ५ गतेदेखि नेपालगन्जमा सुरु हुँदैछ।
प्रतियोगितामा भारत र नेपालका गरी ८ वटा महिला टिमको सहभागिता रहने जनाइएको छ। शनिबार नेपालगन्जमा आयोजित टि-शर्ट सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। उहाँले प्रतियोगिता खेलाडीको विकास र सहभागिता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके अध्यक्ष नवीन गिरी, र बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही लगायतले प्रतियोगिता र खेलकुदको विकासमा यसको प्रभावबारे धारणा राख्नुभएको थियो।