नेपालगन्जमा स्थानीय तह स्तरीय प्रतिकार्य समिति र टोली पुनर्गठन

  • नमस्ते कर्णाली

  • ९, चैत्र २०८१
    बाँके ।नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह स्तरीय स्थानीय प्रतिकार्य समिति र प्रतिकार्य टोली पुनर्गठन गरिएको छ। शुक्रबार आयोजित विशेष पैरवी कार्यक्रममा पाँच सदस्यीय समिति र ११ सदस्यीय द्रुत प्रतिकार्य टोली पुनर्गठन गरिएको हो।

    समितिको संयोजकमा नगर प्रमुख प्रशान्त विष्ट रहनु भएको छ। यस्तै, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद् व्यवस्थापन शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ, स्थानीय तहस्थित अस्पताल प्रमुख मेडिकल अधिकृत डा. शंकर केसी र स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द सदस्य सचिवका रूपमा चयन हुनु भएको छ।

    त्यसैगरी, ११ सदस्यीय द्रुत प्रतिकार्य टोलीमा स्वास्थ्य महाशाखा प्रमुख चन्द संयोजक रहनुभएको छ। सदस्यहरूमा मेडिकल अधिकृत डा. केसी, जनस्वास्थ्य निरीक्षक राजन कुमारी शाही, सिनियर अहेब गोरखनाथ योगी, ल्याब टेक्निसियन गणेश थारु, सिनियर अनमी प्रेम कुमारी विसी, स्थानीय स्वास्थ्य संस्था प्रमुख प्रकाश श्रेष्ठ, वास प्रतिनिधि दिपेन्द्र श्रेष्ठ, तथ्यांक फोकल पर्सन विनोद कुमार विक, महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष प्रेमा शाही र जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत हुनुहुन्छ।

    पुनर्गठित समिति र टोलीले विपद् तथा महामारी व्यवस्थापन र अनुसन्धान जस्ता कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।
    कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले विपद् व्यवस्थापन, महामारी प्रतिकार्य योजना, कर्तव्य र अधिकारबारे प्रस्तुति दिनुभएको थियो। त्यस्तै, विश्व स्वास्थ्य संगठनका फिल्ड अफिसर डा. गौरव डंगोलले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रारुप, संरचना र भूमिकाबारे जानकारी गराउनु भयो।

    कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा, द पेन्डेमिक फण्ड र विश्व स्वास्थ्य संगठनको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सम्पन्न भएको थियो।

    स्वागत मन्तव्य स्वास्थ्य महाशाखा प्रमुख चन्दले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक शाहीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, वडा अध्यक्षहरू लगायत सरोकारवालाको उपस्थिति थियो।

     

  • ८ चैत्र २०८१, शनिबार १४:०३ प्रकाशित

  • Nabintech