वेस्टर्न सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • वेस्टर्न सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुपमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
    बाँकेको कोहलपुर नगरपालिका ५, रहेको वेस्टर्न सेकेन्डरी स्कुलमा भब्य रुपमा शुभकामना तथा बिदाई कार्यक्रम भएको हो । विद्यालयमा अध्ययनरत कक्षा ९ तथा विद्यालय परिवारको आयोजनामा यहि आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेको एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई विदाइ गरेको हो ।

    कक्षा ९ मा अध्ययनरत बिद्यार्थी गौरभ शर्माको अध्यक्षता तथा विद्यालयका संस्थापक कुबेर बस्नेतको प्रमुख आतिथ्यतामा एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयका प्रधानाध्यापक उमेश श्रेष्ठले जानकारी दिए ।


    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुबेर बस्नेतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे ।

    बिद्यालयका प्रधानाध्यापक उमेश श्रेष्ठेले‘विद्यार्थी सफल हुन पहिले अनुशासन आवश्यकता पर्ने बताउदै’ अभिभावक र शिक्षक भनेका बाटो देखाउने काम गर्दछन तर मेहनत, परिश्रम, लगनशिलता विद्यार्थी आफै स्वयम् लाग्नुपर्ने बताउनु भयो ।
    साथै श्रेष्ठले ढुक्क भएर परिक्षामा सामेल भएर उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
    विदाई भएका कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई शुभकामना तथा विदाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताए ।


    कार्यक्रममा शिक्षक भक्ति प्रसाद शर्मा तथा तथा अन्य शिक्षक तथा शिक्षिकाले विदाई हुन लागेका विद्यार्थी भाइबहिनीको सुन्दर भविष्यको कामना गरे ।
    कक्षा ९ का बिद्याथी निकिता लम्साल र सुजता ढकालले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा स्वागत कक्षा ९ की छात्र आदित्य नेपालीले गरेका थिए । उक्त विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक वर्ष शुभकामना तथा बिदाई कार्यक्रम गर्दे आएको छ ।

       

  • २९ फाल्गुन २०८१, बिहीबार २१:५९ प्रकाशित

  • Nabintech