आजवाट मुख्यमन्त्री कोहलपुर गोल्ड कप हुदै

उदघाटन साढे २ वजे मुख्यमन्त्री चेत नारायण आचार्यले गर्ने


  • नमस्ते कर्णाली

  • मुख्यमन्त्रि कोहलपुर गोल्ड कप आज शनिवारवाट कोहलपुरको तेह्र विगाहमा अपरान्न साढे २ बजे उदघाटन हुने भएको छ । तेस्रो संस्करणको मुख्यमन्त्रि कोहलपुर गोल्ड कपको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा संयोजक कर्ण बस्नेतले बताए । आज अपरान्न लुम्विनी प्रदेशका मुख्यमन्त्रि चेत नारायण आचार्यले उदघाटन गर्ने कार्यक्रम तय गरिएको गोल्ड कप संयोजक कर्ण बहादुर वस्नेतले नमस्ते कर्णाली राष्ट्रिय दैनिकलाई वताए ।
    फागुन १७ गते देखि २४ गते सम्म संचालन हुने तेस्रो मुख्यमन्त्रि कोहलपुर गोल्ड कपमा उदघाट खेल आयोजक क्लव रेसिङ्ग सहारा क्लव कोहलपुर र लुम्बिनि फुटबल एकेडेमी घोराहि दाङ्ग बिच दिउँसोे ३ बजे हुने कार्यतालिका आयोजकले सार्वजनिक गरेको छ ।

    मुख्यमन्त्रि कोहलपुर गोल्ड कपमा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहने आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले जानकारी दिएका छन । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ्ग, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब बाँकेको सहभागिता रहने उनको भनाई छ ।

    नकआउट चरण अन्तर्गत खेलिने खेलमा बिजेता टिमले ८ लाख नगद सहित मेडल र उपबिजेता टिमले ४ लाख नगद सहित मेडल पाउने छन । त्यसैगरी म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०–१० हजार र हरेक दिन म्यान अफ द म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।

    गोल्डकप सम्पन्न गर्न ९१ लाख २६ हजार रुपियाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको छ । खर्च ब्यबस्थापनकालागि प्रबेश शुल्क रु ५० तय गरेको आयोजकले फाईनल खेलमा प्रबेश शुल्क भने अझै तय गरिसकेको छैन । उदघाटनका दिन कुनै शुल्क नलाग्ने वताएको आयोजक क्लवले पार्किङकालागि भने कुनै शुल्क लाग्ने छैन ।

    प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा अफिसियलहरूलाई बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत अवलोकन भ्रमण गराइने प्याकेज बनाइएको खेल संयोजक कर्ण बस्नेत वताउँछन ।

  • १७ फाल्गुन २०८१, शनिबार ०८:३६ प्रकाशित

  • Nabintech