प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप वाग्ले निर्वाचित

  • नमस्ते कर्णाली

  • २९, माघ २०८१
    बाँके । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको नयाँ कार्यसमितिको नेतृत्व बाँकेका प्रदीप वाग्लेले गर्ने भएका छन्। सोमबार सम्पन्न प्रदेश अधिवेशनले वाग्लेलाई निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो।

    नवगठित कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) मा दाङका भुपेन्द्र ओली, उपाध्यक्ष (समावेशी) मा कपिलवस्तुका चिन्ता परियार, उपाध्यक्ष (महिला) मा रोल्पाकी देवी गुरुङ चयन भएका छन्। त्यसैगरी, महासचिवमा रुपन्देहीका कमल रायमाझी, सचिवमा गुल्मीका तिलाचन पाण्डे, महिला सचिवमा दाङकी अनिता पोखरेल, जनजाति सचिवमा रोल्पाका जितेन्द्र बुढा, दलित सचिवमा रोल्पाकै भरत नेपाली, सचिवमा पाल्पाका जीवलाल सुवेदी र कोषाध्यक्षमा प्युठानका प्रकाश वैद्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

    त्यसैगरी, कार्यालय सचिवमा दाङका टेकमान ओली, लेखा समिति संयोजकमा चिरञ्जिवी न्यौपाने, लेखा समितिका सह–संयोजकमा मित अधिकारी चयन भएका छन्। लेखा समिति सदस्यहरूमा शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, देवी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु दंगाल, बलराम श्रीपाली, राजु क्षेत्री लगायत रहेका छन्।

    प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ।

     

  • २९ माघ २०८१, मंगलवार ०९:१८ प्रकाशित

  • Nabintech