नेशनल प्याब्सन बाँकेको आयोजनामा अन्डर-१२ फुटबल कप २०८१ हुन लागेको छ ।
नेशनल प्याब्सन बाँकेको आयोजनामा कोहलपुर २ तेह्र विगाहमा फागुन ४ गतेदेखि ८ गतेसम्म अन्डर-१२ फुटबल कप २०८१ हुन लागेको हो ।प्रतियोगिताको उद्घाटन नेपाल सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।
यस्तै समग्र विश्वव्यापी रुपमा चर्चा कमाएको फुटबल जगतमा कोहलपुरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अन्डर १२ फुटबल प्रतियोगिता गराउन लागेको नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले बताए ।
नेशनल प्याब्सन बाँकेमा ८० वटा विद्यालय आबद्ध रहेको यस प्रतियोगितामा ५५ भन्दा बढिको सहभागिता हुने नेशनल प्याब्सन काेहलपुर नगर अध्यक्ष विष्णु केसीले नमस्ते कर्णालीलाइ बताए ।
उनका अनुसार बाँकेमा ८ पालिकाका ४ वटा विद्यालयलाई टिम दर्ता गर्ने स्थान तोकिएको छ । जस अन्तर्गत कोहलपुरमा जनज्योति पब्लिक हाइस्कुल, राप्तीसोनारीमा महादेवपुरी सनराइज ईमी स्कुल, नेपालगञ्जमा भृकुटी ईमी स्कुल र खजुरामा लिटिल हार्वर स्कुल रहेको छ ।
यस्तै प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, उपविजेतालाई १५ हजार र सेमिफाइनल टिमलाई १० हजार पुरस्कार रहेको छ ।
यस्तै वेष्ट किपर, स्कोरर, डिफेण्डर, मिड फिल्डरलाई प्रति १ हजार रुपैया र उत्कृष्ट खेलाडी (फेर प्लेयर खेलाडी) ५ हजार रुपैया दिने नेशनल प्याब्सनका सचिव चन्दले बताए ।
चन्दका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि ४ वटा नियमहरु रहेका छन् । जसमा खेलाडिका जन्म मिति २०६९ माघ ३० गतेपछि जन्मेको हुुनुपर्ने, सम्पुर्ण खेलाडिहरुको जन्मदर्ताको प्रतिलिपी अनिवार्य रुपमा फारमसंगै पेश गर्नुपर्ने, खेलाडिहरुको सक्कली जन्मदर्ता खेल शिक्षकसंगै हुनुपर्ने र आवश्यक परमा देखाउनुपर्ने, बैँक भौचरको प्रतिलिपी खेलाडि फारमसंगै समावेश गर्नुपर्ने, खेल प्राविधिकलाई कुनै खेलाडिको उमेर हद नाघेको आशंका लागेमा सम्बन्धित खेलाडीलाई खेलबाट रोक्ने अधिकार फुटबल संघलाई दिइएको बताए ।
पत्रकार सम्मेलनमा नेशनल प्याब्सन केन्द्रिय सदस्य श्याम कुंवर, प्रदेश अध्यक्ष कुवेर बस्नेत, प्रदेश सह-कोषाध्यक्ष कमल पछाई, जिल्ला सचिव वेग प्रकाश मल्ल लगायत पत्रकारहरुको उपस्थित भएको थियो ।