मुगु । मुगु जिल्लामा आजबाट पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शभारम्भ गरियको छ।
स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता“भन्ने मुल मन्त्रका साथ विश्व क्यान्सर दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सर गराउने Human Papillomavirus (HPV) विरुद्धको एच.पि.भी. राष्ट्रिय खोप अभियान–२०८१ एक कार्यक्रमका बिच शुभारम्भ गरियको छ। जिल्लाका चारै वटा स्थानिय तहमा सञ्चालन हुने यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म जारी रहनेछ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्मअध्यनरत करिब तिन हजार छ सय २ छात्रा र विद्यालय बाहिर रहेका दुई सय २३ किशोरी हरुलाई पाठेघरको मुखकोक्यान्सर गराउने एचपीभी Human Papillomavirus (HPV) विरुद्धको एच.पि.भी. विरूद्धको खोप दिइने स्वास्थ्यसेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले जानकारी दिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघरमुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।