ठकुरी एकता समाज मदनचोक द्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भैरहेको अवस्थामा रक्तदान गरि ब्लड बैंकहरुलाई सहजता होस भन्ने हेतुले रक्तदानको कार्यक्रमको आयोजना गरिएको ठकुरी एकता समाज कोहलपुर ३ मदनचोकका अध्यक्ष हिमाल शाहीले जानकारी दिनु भयो ।
उक्त रक्तदान कार्यक्रम मेडिकल कलेज कोहलपुरको ब्लड बैंकमा आयोजना गरिएको थियो । यो अभियान आफुहरुको बार्षिक कार्यक्रम अन्तर्गत रहेको हुदा आगामी दिनहरुमा निरन्तरता दिदै जाने समेत अध्यक्ष शाहीले जानकारी दिनु भयो ।
पछिल्लो समय कोहलपुर लगाएत देशैभर रहेका ठकुरी जातीहरुले सामाजिक कार्यलाई अगाडी बढाउन आवश्यक रहेको हुदा आफुहरुले यस्ता सामाजिक कामहरु गर्दै आएको संस्थाका सल्लाहकार संयोजक केशब शाहीले बताउनु भयो । गत वर्षपनि ठकुरी समाज मदनचोकले सडकमा जेब्रा क्रसिङ, सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक होर्डिङ बोर्डहरु सडक पेटीहरुमा राखिएको स्मरण गर्नुभयो । यस्तै आगामी दिनमा ठकुरी समाज ठकुरीहरुको मात्र नभइ समाजमा रहेका सबै जातजातीको साझा समुह भएर काम गर्दै जाने संयोजक शाहीले बताउनु भयो । रक्तदान कार्यक्रममा ३६ पईन्ट रगत संकलन भएको थियो ।