१५, माघ २०८१
बाँके ।नेपाल पत्रकारिता क्षेत्रमा अमूल्य योगदान पुर्याउने प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचा को पाँचौं स्मृति दिवसको अवसरमा बाँकेमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके, पन्नालाल गुप्त स्मृति प्रतिष्ठान नेपालगन्ज, र नेपाल प्रेस युनियन बाँके ले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन्।
महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार दिउँसो १२ः३० बजे स्थानीय सुनाखरी रेस्टुरेन्टमा “लोकतन्त्र र प्रेस स्वतन्त्रता” विषयक कार्यक्रम गरिनेछ। उक्त कार्यक्रम प्रतिष्ठानको समन्वयमा आयोजना गरिएको हो।
यस्तै, नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधका अनुसार बेलुकी ६ बजे स्थानीय त्रिभुवन चोकमा दिप प्रज्वलन कार्यक्रम गरिनेछ।
वि.सं. १९८५ मा जन्मिएका स्वर्गीय पन्नालाल गुप्त २०७६ साल माघ १५ गते दिवंगत हुनुभएको थियो। उहाँले २०३१ सालमा स्थापना भएको किरण साप्ताहिक मा २०३७ सालदेखि सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो। पञ्चायती शासनकालमा प्रेस स्वतन्त्रताका पक्षमा उभिँदा गुप्तलाई तत्कालीन सरकारले पटक-पटक दुःख दिएको थियो।
उहाँको योगदानलाई उच्च सम्मान गर्दै तत्कालीन महासंघ अध्यक्ष सुरेश आचार्यको कार्यकालमा नेपाल पत्रकार महासंघले उहाँलाई “प्रेस स्वतन्त्रता सेनानी” घोषित गरेको थियो। गुप्त महासंघ बाँकेका पूर्वअध्यक्ष, महासंघका पूर्वकेन्द्रीय सदस्य (मनोनित), र नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।।
गुप्तको निधनपछि उहाँका सुपुत्र तथा नेपालगन्जका पूर्वमेयर विजय गुप्तको अध्यक्षतामा स्वर्गीय पन्नालाल गुप्त स्मृति प्रतिष्ठान गठन गरिएको छ। प्रतिष्ठानले गुप्ताको स्मृतिमा विभिन्न सामाजिक