नेकपा एमालेको ३ महिने पार्टी अभियान लक्षित बैठक सल्यानको खलंगामा सम्पन्न

  • नमस्ते कर्णाली

  • नेकपा एमालेले सल्यानको खलंगामा वडाकेन्द्रीत ३ महिने पार्टी अभियान लक्षित बैठक सम्पन्न गरेको छ । शुक्रबार बसेको बैठकले जिल्लाका १० वटा पालिकामा लागू गर्नेका लागि पालिकास्तरका बैठकको मिति समेत तय गरिएको छ ।

    नेकपा एमाले जिल्ला कमिटी सल्यान अध्यक्षमा भीमबहादुर सेनको अध्यक्षता, कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यतामा बसेको बैठकले
    वडाकेन्द्रीत ३ महिने पार्टी अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सबै नेता–कार्यकर्तालाई सक्रिय रुपमा लाग्न अनुरोध गरेको छ ।
    एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज बोगटीले पार्टी सुदृढीकरण एवम् शुद्धीकरणसँगै अबको ध्यान वडाकेन्द्रीत अभियान मार्फत ३ महिना पार्टी काममा लाग्ने निर्णय गर्दै १० वटै पालिकाको बैठकमा मितिसमेत तय बैठकले गरेको जानकारी दिनु भयो ।

    बैठकमा इन्चार्ज बोगटीले पार्टी अभियान, पार्टीको नीति, विचार एवम् सिद्धान्तलगायत आगामी गर्नुपर्ने कामका बारेमा वृस्तृत रुपमा प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो ।

  • ११ माघ २०८१, शुक्रबार २२:१७ प्रकाशित

  • Nabintech