एमाले कर्णाली प्रदेश संयन्त्रको बैठक: ३ महिने अभियान प्रभावकारी बनाउने निर्णय

  • नमस्ते कर्णाली

  • नेकपा एमाले कर्णाली प्रदेश संयन्त्रको पहिलो बैठक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ । नेकपा एमाले कर्णाली प्रदेश कार्यालयमा पार्टीका प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीको अध्यक्षमा संयन्त्रको पहिलो बैठक सम्पन्न भएको हो ।
    नेकपा एमालेका केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीले संचालन गर्ने तीन महिने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय भएको ईन्चार्ज गोरख बहादुर बोगटीले नमस्ते कर्णाली राष्ट्रिय दैनिकलाई जानकारी दिनु भयो ।

    ‘तीन महिने अभियानलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन गर्नु पर्छ ।’ उहाँले भन्नु भयो,’अभियानलाई वडातह सम्म प्रभावकारी रुपमा संचालन गर्न पार्टिका सबै संयन्त्र सक्रिय हुने र पार्टीले देशको आर्थिक विकास,सुशासन,सेवा प्रवाहका लागि गरेका उल्लेखीय कामका विषयमा जनतालाई स्पष्ट पार्नु पर्छ । जसले गर्दा जनतामा पार्टी प्रतिको विश्वास बढाउन तर्फ अभियान केन्द्रित गर्ने योजना छ ।’ ईन्चार्ज बोगटीले पार्टीको कामलाइ प्रभावकारी बनाउनका लागि प्रदेश स्तरमा प्रदेश इन्चार्जको अध्यक्षतामा १० जिल्लाका इन्चार्जहरु र प्रदेश कमिटीका पदाधिकारी (अध्यक्ष,उपाध्यक्ष,सचीव र उपसचिव २ जना) रहने गरी एक समिति बनाईने उल्लेख गर्नु भयो ।


    बैठकले प्रदेश कमिटीको बैठकलाइ प्रभाबकारी बनाउन, पार्टी केन्द्रबाट तय भएको वडा केन्द्रीत तीन महिने अभियानलाइ वडा तहसम्म प्रभावकारी कार्यन्वयन गर्न गराउनका लागि परिभाषित जिम्मेवारीका सबै नेताकार्यकर्ताहरु सक्रिय रुपमा लाग्नु पर्ने निर्णय गरेको छ ।
    पार्टीको कामलाइ प्रभावकारी बनाउनका लागि प्रदेश संयन्त्र प्रदेश स्तरमा प्रदेश इन्चार्जको अध्यक्षतामा दस जिल्लाका इन्चार्जहरु, प्रदेश कमिटीका पदाधिकारीहरु रहने ब्यबस्था रहेको छ ।

  • ६ माघ २०८१, आईतवार ०८:५० प्रकाशित

  • Nabintech