मानसिक दवाव दिदा विधार्थीले आत्महत्या गरेको प्रहरी माथी आरोप ।

  • सनत हमाल

  •  

     

    मुगु पुस ८ गते, 

    मुगुको एक विधालयमा कक्षा ८ मा अध्यनरत एक विधाथीले  मानसिक दवावमा पर्दा आत्महत्या गरेको आरोपलगाइएको छ ।
    जिल्ला
    सदरमुकाम गमगढी स्थित महाकाली नमुना माध्यामिक विधालय कक्षा मा अध्यनरत छायानाथ रारानगरपालिका वडा तलितुम गाउका वर्ष १५ का सागर तिरुवालाई नेपाल प्रहरीले अनावश्यक दवाव दिदा आत्महत्यागतेको युवाहरुले आरोप  लगाएका हुन

    सागरले गत गते राती भाडामा बस्दै आएको मामाको घरमा पासो लगाइ आत्महत्या गरेका थिए

    आइतवार साझ मृतक सागर प्रती श्रदान्जली दिन आयोजित कार्यक्रममा युवा अगुवाहरु रवीन मल्ल,जनकचौलागाइ,राजेन्द्र कुमार शाही लगायतका युवा तथा सागरका आफन्तहरुले यस्तो आरोप लगाएका हुन

    श्रदान्जलि कार्यक्रममा बोल्दै युवा अगुवा रवीन मल्लले भने सागर भाइले आत्महत्या गरेका होइनन बालक माथी झुटोआरोप लगाइदा मानसिक टर्चर सहन नसकेर आत्महत्या गरेकाले यो हत्या गरिएको हो उहाँले भन्नुभयो सागरकोन्यायका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौ,प्रहरिले विधालय हाताबाट स्कुल ड्रेस मै काम भनी बजार हुँदैप्रहरी कार्यालयमा लिएपछी बाल मनोविज्ञानमा असर परेको प्रहरी कार्यालयमा पनि प्रहरिले अनावश्यक दवाव दिदासागर आत्महत्या गर्न बाध्य भए हामी प्रहरीको विरोधी होइनौ तर प्रहरी कै दवावले आत्महत्या गरिएकाले प्रहरिलेसत्य,तथ्य निस्पक्ष अनुसन्धान गरि जोसुकै होस बालकलाइ आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाइ कानुनी कारवाहीगरोस

    के थियो घटना

    घटनाक्रम अनुसार सदरमुकाम गमगढिमा व्यापार गर्दै आएका एक व्यापारिको पसलबाट केही महिना अघि चोरी भएकोभनिएको जुत्ता लगाएर एक बालक बजारमा घुम्दै गरेको देखिपछी ती व्यापारी बालकलाइ बोलाएर सोधपुछ गर्छन   बालकले आफु सागर विकले ज्याकेट जुत्ता साटासाट गरेको बताउछन बालकलाइ लिएर व्यापारी गमगढी स्थितकालिका मालिका अस्थायी प्रहरी विटमा निवेदन साथ पुग्छन प्रहरीले निवेदन अध्ययन बालकलाइ सोधपुछ पछिअर्का बालक सागर विकलाइ सोधपुछ गर्न बालकलाई लिन महाकाली विधालयमा लिन पुग्छ विधालयमा कक्षाचलिरहेकाले प्रहरीले कक्षा पढने सागर विकसङ्ग केही कुरामा सोधपुछ गर्नुछ पठाइ दिनुपर्यो भनेपछी विधालयकाकर्मचारीले विधाथी सागरलाइ बोलाउछ प्रहरिले बालक सागर विकलाइ आफुसङ्गै प्रहरी विटमा लिन्छ विटमाछलफल गर्दा नटुग्गिएपछी  दुबै बालक बारे निवेदन दिन   थप छलफल कानुनी उपचारका लागि व्यापारी दुबैबालकका आफन्तहरुलाइ जिल्ला प्रहरि कार्यालयमा जानुस भनेपछी सबै जना जिल्ला प्रहरी कार्यालयमा जान्छन गते दिउँसो  करिव बजे जिल्ला प्रहरी कार्यालय पुगेका दुबै पक्षलाइ छलफल गर्न मिल्न भन्दै प्रहरिले कायालयपरिसरको एक छेउमा बसाल्छ यसै विच प्रहरीले सोधपुछ गर्न भन्दै बालक सागर विकलाइ प्रहरी कार्यालयको एककोठामा लग्छ त्यहा सागरलाई सोधपुछ पछि प्रहरीले समय धेरै वित्यो तपाइहरु मिल्नु भएन को दोषी हामी बजारकासिसि क्यामारा हेरौ पुन छलफल गर्न गते विहान १० बजे आउनु होला भन्दै दुबै पक्षलाइ घर पठाउछन आरोपितबालकलाइ उस्कि आमा पानमता विकको जिम्मामा प्रहरीले घर छोड्छ

    जिप्रकाबाट घर आएपछी सागर टोलाउने,नबोल्ने,टाउकोमा हात राख्ने अँध्यारो अनुहारमा एकै ठाउमा बसि रहने गर्दैआएका थिए गते साझ करिव बजे तिर  परिवारले खाना खाइसकेपछी सुत्न कोठामा गएको छोरा सागरले कोठामापासो लगाएर आत्महत्या गरेछ आमा पानमता विक भक्कानिदै भन्नुहुन्छ घरमा हामिले केही गाली गलौज गरेकाथिएनौ  गते प्रहरिले स्कुल ड्रेस मै बजार हुँदै जिप्रका पुरायो निर्दोष मान्छे लाज भयो मैले जुत्ता चोरेको होइन भन्दैथियो सायद यहि चिन्ताले भोलि छलफलमा फेरि जानू पर्ने लाज डरले आत्महत्या गरेको हुनुपर्छ

    के भन्छ प्रहरी

    बालकले आत्महत्या गरेपछी अहिले मुगुमा कोहि प्रहरिको दवावले बालक मर्यो भन्छन कोहि व्यापारीले प्रहरिमानिवेदन दिदा दवावमा परेर बालक आत्महत्या गर्न बाध्य पार्यो भन्छ्न कोहि विधालय हाताबाटै स्कुल ड्रेस मै प्रहरीलेबालकलाइ लिदा बाल मनोवीज्ञानमा नकारात्मक मानसिक प्रभाव पर्न जादा बालकले आत्महत्या गरेको चर्चा हुनेगरेको

    यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सरोज गिरिसङ्ग आइतवार पत्रकारहरुले बुझ्दा प्रहरिमाथी लागेका आरोप सबै निराधार,कपोकल्पिक भएको बताउनु भयो उहाले मुगुमा पहिला निवेदन आउने कारवाहिकोलागि प्रहरी खटिदा बाटो मै दुबै पक्ष मिल्ने चलन रहेकोले आफुहरुले कारवाहिका लागि ठाडो निवेदन दिन आएकाव्यापारी आरोपित बालकका परिवारलाइ सङ्गै बस्न लगाएर मिल्न लगाएको नमिलेपछी गते पुन प्रहरी आउने गरिबालकहरुलाइ आमाको जिम्मामा पठाइएको बताउनु भयो जुत्ता लगाएको बालकले सागरसङ्ग ज्याकेटमा साटेकोबताएपछी सोधपुछका लागि सागरलाइ प्रहरिले बोलाएको थियो तर मानशिक शारिरिक कुनै दवाव दिएको छैनप्रनाउ गिरि भन्नुहुन्छ आमाले बुझिलिएपछी बालक माथी घरपरिवारको दवाव टर्चर अलि बढी नै पो भयो कि ? उल्टैप्रश्न गर्नुहुन्छ

    घटनाक्रम हेर्दा व्यापारीले  निवेदन दिदा प्रहरीको दवाव  बालक माथी बढेपछी बालकले आत्महत्या गरेको सरासरदेखिन्छ पोष्ट मार्टम रिपोर्ट प्रहरी अनुसन्धान हेर्छौ रिपोट के आउँछ त्यसैको आधारमा किटानी जाहेरि सहित  कानुनीउपचारमा आफुहरु जाने मृतक सागर विकका आफन्त प्रेम विश्वकर्मा बताउनु हुन्छ

    के भन्छन व्यापारी

    गमगढी बजार स्थित मिलनचोकमा फेन्सी कपडाको व्यापार गर्दै आएका एक व्यापारीले प्रहरीमा निवेदन दिदा बालकमाथी दवाव पर्न गइ बालकले आत्महत्या गर्न बाध्य पारिएको आरोप आफन्त तथा केही युवाहरुले लगाइ रहेका छन

    यो बारे व्यापारीसङ्ग बुझ्दा आफ्नो ३१ हजार बराबरको माल सामान पसलबाट एक साता अघि चोरी भएपछी आफूलेप्रहरीमा निवेदन दिएको पुस गते एक जना बालक चोरी भएको जुत्ता लगाएर बजारमा डुलिरहेको अवस्थामादेखेपछी बालकसङ्ग सोधपुछ पछि आवश्यक छलफल चोरी भएका अन्य सामान बारे अनुसन्धान गर्न प्रहरीलाईनिवेदन साथ गुहारेको बताउनु हुन्छ

    सागर विकलाइ आफुले नचिनेको जुत्ता लगाउने बालकले आफ्नो ज्याकेट सागरलाइ दिएको सागरले आफुलाइ जुत्तादिएको बताएपछी प्रहरीले सोधपुछ गर्न गते सागरलाइ बोलाइ आफू सहित दुबै पक्षलाइ छलफल गराएको थियो सागरले जुत्ता आफ्ना दाजुको भएको बताएपछी हाल भारतमा रहेका उनका दाजुसङ्ग आमा पानमता विकले फोन गरेरसोधेकि थिइन घरको जुत्ता आफ्नो नभएको जुत्ता बारे आफू अनभिज्ञ भएको बताएपछी सागरले आफुलाइ रिसडाहा मान्ने कसैले जुत्ता आफ्नो घर भित्र टेबुलमा राखेको हुनसक्ने  आशन्का गरेको वताएका थिए मृतक सागरलाइउद्गित गर्दै ती व्यापारिले बताउनु भयो 

    उनी भन्छन पसलको सामान चोरी भयो चोरी भएको सामान लगाएर कोहि बजारमा घुमिरहेको देखेपछी मैले प्रहरीमानिवेदन दिनु गैर कानुनी काम गरेर प्रहरिलाइ निवेदन नदिइ कहाँ दिनु पर्ने हो मैले कोहि कसैलाइ धम्की दवावदिएको छैन मात्र कानुनि न्याय छलफल गराइ पाउ भनी प्रहरिमा निवेदन दिएको हु उसो भए अब कोहि व्यापारी वासर्वसाधरणको घर पसल चोरी भए प्रहरीमा जानकारी वा निवेदन नदिने हो ?

  • ८ पुष २०८१, सोमबार १३:१० प्रकाशित

  • Nabintech