राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द

  • नमस्ते कर्णाली

  • सल्यान । राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो । राप्ती राजमार्ग हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन् । सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी गराएकी हुन । पुनका अनुसार राप्ती राजमार्गको राम्री कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिए पनि बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक आवश्यकताका चारपाङ्ग्रे साना गाडीहरु कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै सञ्चालन गर्न सकिनेछ ।

  • १८ मंसिर २०८१, मंगलवार १०:४६ प्रकाशित

  • Nabintech