घरघरमा सुरक्षित खानेपानीको धारा पाउँदा सोरुका स्थानीय दंग

  • सनत हमाल

  • मुगु – मुगुको सोरु पालिकाका बिभिन्न बस्तिका घरघरमा सुरक्षित खानेपानीको धारा पाउँदा स्थानीय दंग भयका छन।

    नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पुर्याउने लक्ष्य लिएको छ । त्यसै अनुरूप ब्याक टु लाईभ ईभि नेपालको आर्थिक सहयोग , कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) को साझेदारी र सोरु गाउ पालिकाकाको समन्वयमा पालिकाका वडा नं ७ का ३ वटा गाउँ बस्तीमा एक घर एक धारा निर्माण गरिएको छ। जसमा वडा नं ७ भित्र का ख्याल्चमा ७५ घर, सिरुपाटामा २२ घर र गयलपानिमा ३८ घरमा गरि १ सय ३५ घरमा धारा निर्माण भएका छन् ।

    सधैँ पानी लिन घर बाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएकी ख्याल्च गाउकी चैती बुढाले बताईन बुढाले विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो । उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्दाको पीडा हटेको बताइन ।

    पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोलाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग भएका छन् । घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको छ । त्यो सँगै खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) मुगुका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरिजङ्ग शाहीले बताए ।

    प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषणको लक्ष लिईयको सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने सङ्कल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन सोरु गाउपालिकाले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको शाहीले बताए ।


    उनका अनुसार सोरु गाउपालिका भित्र ब्याक टु लाईफ ईभी नेपालको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) मुगुको प्राविधिक सहयोगमा स्वास्थ्य, शिक्षा लगायत बिभिन्न क्षेत्रमा अतुलनिय योगदान समेत पुर्यायकाले धन्यवाद दिदै आगामि आउने दिनमा यस्तै स्वास्थ्य, शिक्षा लगायत बिभिन्न क्षेत्रमा सहयोगको अपेक्क्षा समेत गरेको बताय।

  • ९ मंसिर २०८१, आईतवार ०९:५९ प्रकाशित

  • Nabintech