शनिबार हुम्ली एकता समाज बाँकेको वनभोज तथा भेटघाट कार्यक्रम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर स्थित कोहलपुर पार्कमा आयोजना गरिएको कार्यक्रम समाजका अध्यक्ष अशोक भण्डारीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हुम्ला जिल्ला विकास समितिका पूर्व सभापति लाल बहादुर शाहीले बाँकेमा रहनु भएका साथीहरुले हुम्लीहरुको एकताको लागि हुम्ली एकतासमाज गठन गरेर राम्रो कामको थालनी गनु भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि ताजाकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष बाग्दल मल्लले हुम्लीहरुलाई परेका आपत विपतका समस्याहरु प्रति यो एकता समाजले सधै एकाकार भएर सहयोग गर्ने आफूले विश्वास लिएको बताए ।
हुम्ला जिल्लाका विभिन्न स्थानीय तहहरुबाट विभिन्न पेशा, व्यवसाय, नोकरी, अध्यन वा स्थायी–अस्थायी बसोबास गरी बाँकेका विभिन्न स्थानमा बस्दै आएका जन्म थलो हुम्ला भएका हुम्लीहरुको कार्तिक १० गते सम्पन्न भएको भेलाले अशोक भण्डारीको अध्यक्षतामा २१ सदस्यीय हुम्ली एकता समाजको तदर्थ समिति गठन गरेको थियो ।
भेलामा २०८१ को शुभदीपावली, छठ तथा नेपाल सम्बत ११४५ को शुभकामना आदा–प्रदान गर्नुको साथै दीपावलीको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार हुम्ली एकता समाजको ब्यानरमा देउसी भैलो खेलिएको थियो । देउसी भैलोबाट संकलित रकममा करिब १ लाख बचत गरी अन्य केही रकमबाट देउसी भैलोका लागि चाहिने आवश्यक सरसामानहरु किनिएको र केही रकमबाट शनिबार वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरिको थियोे । वनभोज तथा भेटघाट कार्यक्रममा कर्णाली प्रसिद्घ लोक संस्कृतिक देउडा खेल (नाच) खेलिएको र कार्यक्रमा देउसीभैलो कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै देउसी भैलोबाट संकलित आय तथा विभिन्न कार्यक्रम आवश्यक परेका सामाग्रीहरु किन्दा भएको खर्चको विवरण समेत सार्वजनिक गरिएको समाजका अध्यक्ष अशोक भण्डारीले जानकारी गराए ।
कार्यक्रममा लोकेन्द्र भण्डारी, भक्त बहादुर शाही, मान बहादुर महतारा,कृष्ण भक्त जैशी,देउडा खेलाडी चक्र मल्ल, पदम मल्ल, पिउली सुनार लगाएतको उपस्थिति रहेको थियो । सस्थाका सचिब अमर सिह महताराले स्वागत मन्तव्य राखेका थिए । संस्थाका बरिष्ठ उपाध्यक्ष नन्दखर जैशीले आफ्नो राख्दै अब आउदा दिनहरुमा समाजले सामाजिक कामको लागी लागी पर्ने बताए । सस्थाका कोषाध्यक्षले देउसी भैलो बाट उठेको र खर्च भएको रकम सार्वजनीक गदै आउदा दिनहरुमा सम्पुर्ण हिसाब किताब पार्दशिक हुने बताए । कार्यक्रम संचालन कविदत्त ढकालले गरेका थिए ।