बाजुराको हिमाली गाउँपालिकामा आज शोक बिदा

मल्लको निधनपछि गाउँपालिका शोक मग्न बनेको छ


  • नमस्ते कर्णाली

  • जिल्लाको हिमाली गाउँपालिकामा आज एक दिन शोक मनाउन सार्वजनिक विदा दिइएको छ ।
    गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर्सिङ अधिकृत प्रेमकला मल्लको निधन भएपछि गाउँपालिकाले एक दिन विदा दिने निर्णय गरिएको छ ।


    आज गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी कर्तव्यनिष्ठ कर्मचारीको दुखद निधन भएको प्रति गहिरो समवेदना प्रकट गरेको छ ।
    आज पालिका भित्र रहेका वडा,सामुदायिक विद्यालय,निजी र स्वास्थ्य चौकीहरुमा विदा दिएको हो ।
    हृदयघातका कारण मल्लको ५२ वर्षको उमेरमा असोज ३० गते निधन भएको हो । हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत मल्लको निधनपछि गाउँपालिका शोक मग्न बनेको छ ।

  • २ कार्तिक २०८१, शुक्रबार १०:२० प्रकाशित

  • Nabintech