पहिरोले थुनिएको कुवाडी खोला खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान साढे १० तिर बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दीस्थित कुवाडी नदी, पहिरो खसेर थुनिएको थियो । नदी थुनिएको ठाउँबाट बिस्तारै पानी खुलेकाले अहिले खोला खतरा मुक्त भएको हुम्लाको मैला प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अवस्था बिस्तारै सामान्य हुँदै छ ।
यसअघि खोला पहिरोले थुनिएकाले कुवाडी नदी र कर्णाली नदीको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो । अहिले अबस्था सामान्य बन्दै गएको कुवाडीका स्थानिय बासिन्दाले जानकारी दिएका छन ।