हामी नेपालको प्रमुख आयोजनामा करिब ३० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

खिया लागेको पुरानो डेलिभरी बेडको सट्टामा नयाँ उपकरणहरूको व्यवस्था


  • अशाेक भण्डारी

  • मुगु जिल्लाको खत्याड गाउँपालिका–११ स्थित श्री प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा हामी नेपालको प्रमुख आयोजनामा, सेन्ट जेभियर कलेज र नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ७ दिन लामो कठिन यात्रापछि दुर्गम जिल्ला मुगुमा पहिलो पटक स्वास्थ्य सामग्रीहरू पु¥याइएको हामी नेपालले जानकारी दिएको छ ।
    सो सामग्रीलाई दुर्गम क्षेत्रमा पु¥याउन बाटोमा देखिएको कठिनाइ र यातायात समस्याका बाबजुद, हामी नेपालका अनिल बानियाँको अथक प्रयासले यो सम्भव भएको हो । बर्खाको समयमा बाटोघाटो बाढी पढि पहिरोका बावजुद र रोड अस्तव्यस्त हुँदा पनि आवश्यक सामग्रीहरू हामी नेपालका अनिल बानियाँको अथक प्रयासले पुगेको हो । समयमै पुगेको हुनाले जसले गर्दा दुर्गम क्षेत्रका मानिसहरूले उपचारका लागि सहर आउनुपर्ने बाध्यतामा केही कमी आएको छ ।


    सामग्रीमा डेलिभरी बेड, सक्सन मेसिन, फोटल डप्लर, सेन्ट्रिफ्यूज मेसिन, ओटोस्कोप, बेडसाइड स्क्रिन, बीपी मेसिनलगायत ७३ प्रकारका अन्य उपकरण र औषधिहरू रहेका छन । दुर्गम क्षेत्रका स्थानीयले उपचारका लागि सहर जानुपर्ने बाध्यतामा कमी आएको बताउँदै, आवश्यक औषधि र उपकरणहरूको अभावको बेला प्राप्त सहयोगलाई ठूलो राहतको रूपमा लिएको हामी नेपालका अनिल बानियाँले बताउनु भयो । स्वास्थ्य केन्द्रमा खिया लागेको पुरानो डेलिभरी बेडको ठाउँमा नयाँ उपकरणहरूको व्यवस्था गरेको छ, जसले सुत्केरी महिलाहरूलाई समेत ठूलो सहयोग पु¥याएको छ । स्थानीय बासिन्दाहरूले हामी नेपालको यो कदमलाई अत्यन्तै सराहना गरेका छन । दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाएको स्थानियले बताएका छन । हामी नेपालले गरेका यस्ता महत्वपूर्ण कार्यहरूले वास्तवमै दुर्गम क्षेत्रमा सेवा पु¥याउने कार्यमा नयाँ आयाम थपेको छ, जसले स्थानीयहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको छ।
    कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष, नि.प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष, शिक्षक, स्वयंसेविका, बुद्धिजीवी, तथा सोही गाउँका निवासीहरूको उपस्थिति थियो ।

    औषधि र उपकरणको अभावले स्थानीयहरूलाई कठिनाइ भइरहेको समयमा यी सामग्रीहरूको उपलब्धताले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यस सहयोगलाई स्थानीयहरूले अत्यन्तै हर्षित मनले स्वागत गरेका छन्। यस कदमले आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउँदै, जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पु¥याएको हामी नेपालका अनिल बानियाँले बताउनु भयो ।

    यो कार्यले स्वास्थ्य क्षेत्रमा दुर्गम र दूरदराजका क्षेत्रहरूमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ। स्थानीयहरूको जीवनमा देखिएको सुधार र स्वास्थ्य सेवाको प्रभावकारीता यस सहयोगको सफलता हो । हामी नेपालले गरेको यो प्रयास वास्तवमै प्रशंसनीय छ ।

  • ६ भाद्र २०८१, बिहीबार ०७:३० प्रकाशित

  • Nabintech