आयूर्वेदिक उपचार सेवामा मुगु वासिको विश्वास बढ्दो।

  • सनत हमाल

  • मुगु। मुगुवासिमा आयूर्वेद स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्दै गएको छ। जिल्लामा आयूर्वेद स्वास्थ्य सेवालिनेहरुको संख्यामा  वृद्धि देखिएको हो। पछिल्लो आर्थिक वर्षमा जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र मुगु बाटस्वास्थ्य सेवा लिनेहरुको संख्या बढेको तथ्यांकले देखायको छ।

    तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल २५ हजारसय ६६ जना मध्य पुरुष ११ हजार ५ सय १० जना र महिला १३ हजार ८ सय ५६ जनाले आयूर्वेद स्वास्थ्य केन्द्र मुगु बाट सेवा लिएका छन।

    अहिले बिस्तारै आयूर्वेद चिकित्साप्रतिको जनताको विश्वास बढ्दै गइरहेको , जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मुगुका सुचना अधिकारी राजाराम बडुवालका अनुसार  नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुलेस्थापना काल देखिनै सबै उपचार सेवा निःशुल्क गर्दै आएका छौ।

    टिकट काट्न, उपचार सेवा थरि थरीको औषधि र बिभिन्न थेरापिहरु पनि निःशुल्क रुपमा उपलब्ध गराउँदैआएको उनले बताए।

    यहाँ बहिरिंग सेवा,पुर्वकर्म पञ्चकर्म,स्तनपायी आमा,ल्याब सेवा,फिजियोथेरापी, अकुपञ्चर, निः शुल्कऔषधि वितरण तथा निः शुल्क फार्मेसी सेवा पनि रहेका छन्।

    साथै लक्षित वर्गलाई विशेष सेवाहरु पनि दिंदै आएको जनाइएको छ। त्यस अन्तर्गत ज्येष्ठ नागरिकस्वास्थ्य सेवा प्रवर्द्धन, स्तनपायी आमा कार्यक्रम,

    यी बाहेक पनि जिल्लाका विभिन्न ठाउँहरुमा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्कस्वास्थ्य सुविधा दिंदै आएको बताएका छन।

    उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मुख्य कृयाकलापहरु पनि गरेको र जसमा नेपालकै ठुलो रारा तालमा आउने पर्यटक र स्थानियलाई मध्यनजर राखि पर्यटक मैत्री नागरिक आरोग्य सेवा केन्द्र स्थापना,आयुर्वेद तथा योग सम्बधि निशुल्क स्वास्थ्य शिविर, ल्याव सेवा संचालन,निशुल्क गाउँघरकिल्निक संचालन,आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिबिर,नागरिक आरोग्य सेवा समिति गठन,बिधालयआयुर्वेद तथा योग शिक्षा कार्यक्रम,जेष्ठ नागरिक रसायन योग वितरण कार्यक्रम,नागरिक आरोग्य सेवा केन्द्रहरु को समय अनुसार को अनुगमन,स्तनपायी आमा हरुलाई स्तन्य बदक औषधि वितरण कार्यक्रम,पुर्वकर्म तथा पञ्चकर्म सेवानिरन्तरता,स्स्वास्थ्य जिवन अन्तर्गत अमृत चिया निर्माण,बजेट शिर्षक नहुदा पनि एकल चुर्ण औषधिनिर्माण जस्ता बिभिन्न कृयाकलाप हरु गर्दै आयको बडुवाले बबताय।

  • ९ श्रावण २०८१, बुधबार १२:४४ प्रकाशित

  • Nabintech