हिमाली बुलेटिन २०८१ अध्यक्ष मल्ल द्रारा विमोचन

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको हिमाली बुलेटिन-२०८१ एक कार्यक्रम विमोचन भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा विमोचन गरिएको छ।

    “स्वास्थ्य, शिक्षा, कृषि, जडिबुटी, पर्यटन र पुर्वाधार औधोगिकरण, सुशासन समृद्धि हिमाली आधार” भन्ने नाराका साथ वार्षिक हिमाली बुलिटेन २०८१ को पालिकाको सभा हलमा विमोचन गरेका छन। बुलिटेन पहिलो वर्ष २०८० को निकाले थियो। बुलेटिन सहयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारी धन्यवाद दिएका छन। बुलेटिन अध्ययन गरेर केही दिनमा प्रतिक्रिया पाउने आशा गरेको छु। बाकी गल्ती कमजोरीलाई बाकी आउने दिनमा सुधार तिर लैजाने हिसाबले अगाडि बढ्ने नमस्ते कर्णाली मल्टिमिडिया प्रा.लि. सञ्चालक अशोक भण्डारी बताए।

    हाम्रो बुलेटिन अर्थ हो यहाँ दुर्गम गाउँ स्थानीय मान्छेहरूले पालिका गरेका कामलाई सजिलोसँग थाहा पाउन हिमाली बुलेटिन निकाल्न सफल भएको हो। पालिका विभिन्न शाखा र वडा कार्यालय तथा स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा गरेका काम सर्वसाधारण मान्छेले सूचनाको जानकारी लिन सजिलो पार्न हामीले अहिले दोस्रोपटक हिमाली बुलेटिन प्रकाशित गरेर कर्मचारी र जनप्रतिनिधि हात- हातमा वितरण भएको छ। हामी संग बुलेटिन १२ सय बराबर छाडिएका छन। वडा कार्यालय, वडामा भएका स्वास्थ्य सेवा केन्द्र र सबै बिधालय वितरण गरिने गरि कार्यालय राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।

    हिमाली गाउँपालिकाले समग्र हिमाली विकासको संगालोको रूपमा ‘हिमाली बुलेटिन-२०८१’ प्रकाशित गरेको छ। दोस्रो कार्यकालको दुई वर्ष अवधिमा सम्पादित प्रमुख कार्यहरू मुख्य उपलब्धिहरु यश गाउँपालिका भएका उपलब्धिहरुलाई शाखाहरुबाट गरिएको विकासको फेहरिस्त संग्रहित गरेर स्थानियलाई कामको सार्वजनिक गरिएको छ। हरेक वर्ष १ पटक पालिकाको बुलेटिन प्रकाशित निति लिएर बनाइरहेका छौ। यश बुलेटिनले पालिकाको नागरिकहरु र आम सरोकारवालाहरुलाई सुसूचित गराउनको लागि सहयोग पुग्ने अपेक्षा लिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जनाए। विशेषगरी बुलेटिन बनाउन सहयोगका लागि खटिने कर्मचारी र नमस्ते कर्णाली मल्टिमिडिया प्रा.लि. धन्यवाद दिएका छन। अझ बुलेटिन आउनुपर्ने विशेष काम विस्तृत शिक्षा, स्वास्थ्य र कृषि संगै पर्यटक क्षेत्रमा मध्यनजर गरेर बुलेटिन आउनुपर्ने आएको छैन। यसलाई थप सुधारको रूपमा लिनु होला। जुन बुलेटिन प्रकाशित गरिएको छ त्यसमा छापिएका कामकाज सबै स्थानीयले सजिलै संग सूचना प्राप्त गर्न सजिलो भएको छ। पालिका शाखा अन्तर्गत गरेका काम विषय सहज रूपमा जानकारी प्राप्त हुने माध्यमको तरिकाले बुलेटिन प्रकाशित गरिएको अध्यक्ष मल्लले बताए।

    हिमाली बुलेटिन २०८१ को विमोचन कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षतामा कार्यक्रम गरिएको छ। सोही कार्यक्रम अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप थापा ३ नम्बर वडाका वडा अध्यक्ष मंगल बुढा, नमस्ते कर्णाली मल्टिमिडिया प्रा.लि. संचालक अशोक भण्डारी लगायत पालिका कर्मचारी उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संचालक जयप्रकाश पाण्डेले बताएका छ्न।

  • १७ असार २०८१, आईतवार २२:५२ प्रकाशित

  • Nabintech