सोचे भन्दा फरक छ रारा

  • सनत हमाल

  • मुगु मुगु जिल्लामा अवस्थित एक प्राकृतिक सुन्दर ताल हो रारा यो तालले आफ्नो अनौठो विशिष्टसौन्दर्यका कारण पर्यटकहरुको मनलाई मोहनी लगाउँछ तर, कहिलेकाहीँ सोचिएको वास्तविकतालाईतुलना गर्दा केही फरक रारामा ।रारा घुम्न भनि काठमाडौ बाट रारा सम्मको सारै कठिनाई यात्रा गर्दै पुगेको रारा त साच्चिकै को रारा रैछ त्यसै राजा महेन्द्रले स्वर्गकी अप्सरा रारा उपमा नाम  दियका रैनछन्।  भन्नु हुन्छ काठमाडौकी सिता दुवाडी। उनले भनिन, “रारासँग अनेकौँ सुन्दरता रहेछ, फोटोमा देखेको भन्दा झनराम्रो मनमोहक रहेछ रारा यस्को सुन्दरताको ब्याख्या गर्न नै सकिन मैले

    हिजो आज राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बन्दै जान थालेको

    रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले नपुग्ने रहेको रारा तालको वास्तविकता सोचिएको भन्दाफरक भए पनि यसको अनौठो मनमोहक सौन्दर्यले सबैलाई मोहित पार्ने गरेको यसको प्राकृतिकसुन्दरता शान्त वातावरणले यहाँ आउने जो कोहीको मन जित्ने प्रतिमा तिमल्सिनाले बताईन।

    जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाक्ने गरेको फोटो भिडियोमा देखेको रारालाई आफुले प्रत्यक्ष नियाल्दा सुन्दर अनि अनौठो महसुस गरेको र रारा तालकोप्राकृतिक सौन्दर्य अद्वितीय रहेको

    तालको शान्त पानी, वरिपरिका हरियाली जंगलहरु, हिमालयन दृश्यहरु, जैविक विविधता अद्भुत रहेकाछन् जब रारा जाने योजना हुन्छ तब बाटोको असहजताले यात्रामा पाउने दुःख कष्टको कल्पना हुन्छ जब दुख कष्ट सहेर रारा पुगिन्छ तब सम्पुर्ण दुख कष्ट बिर्साउछ राराले एउटा स्वर्गको टुक्राझै लाग्ने राराकोहामीले बयान गर्ने कुनै शब्द नै नभएको रारा घुम्न आएका Mountain Rock Treks & Expedition Pvt.Ltd का संचालक दीपक पाण्डेले बताए उनले भने, यति सुन्दर तथा मनमोहक एवं आन्तरिक तथाबाह्यि पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र रहेको यो ठाउँ अझै राज्यको उपेक्षामा परेको र स्वर्गको टुक्राझै रहेको रारालाई अझै राज्यले चिन्न सकेन, जो आफैमा दुःख लाग्दो कुरो हो

    रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा राष्ट्रिय निकुञ्जमा ५१प्रजातिका स्तनधारी जनावर दुई सय ७२ प्रजातिका चराचुरुंगी पाइन्छन्

    रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा फूलैफूलले ढाकेको रारा हेर्नकालागि धेरैजसो आन्तरिक पर्यटक आउने गदर्छन्

    रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टपनै उपयुक्त स्थल रहेको स्थानीयवासीहरु बताउछन्

  • ५ असार २०८१, मंगलवार २०:२३ प्रकाशित

  • Nabintech