आज बिहानै देखि सदरमुकाम सिमकोट लगाएत उच्च वस्तीहरुमा निन्तर हिमपात भैरहेको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिका क्षेत्रमा अत्याधिक जाडो बढेको छ ।
वर्षकै पहिलो पटक परेको हिउँले सिमकोट र नाम्खा गाउँपालिकाको तापक्रम माइनस ५ भन्दा तल झरेको छ । स्थानियका अनुसार हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको छ ।
हिउँले जुन भाँडोमा पानी राख्यो त्यही जमेर बरफ भएको छ । खानेपानीको पाइपमै बरफ जमेर पानी नै आउन छोडेको छ ।