मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा बुधबार राती देखि हिमपात शुरू भएको छ । केही दिन यताअत्यधिक चिसो बढेपछि बुधबार रातिदेखि मुगुमा हिमपात शुरू भएको हो ।
नेपालकै ठुलो ताल रारामा अहिले बिहान ७ बजेसम्म करिव १ फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्जकार्यालय मुगुका निमित्त बरिष्ट संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराउनु भयो । विशेष गरि रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।
मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट, चाक्पाँडेर करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ । माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरूभए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीन्दा हरूलाई राहत मिलेको छ ।
लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीकामुहान समेत सुकेको थिए ।
हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कृषक लगायत मुगुबासी जनताहरूले प्रकृतिको उपहारसम्झेका छन भने कृषकहरू खुशी भएका छन् । खेत गडामा सुकेका हिउँदे बाली पलाउने र बालिनाली सप्रनेआशमा कृषकहरू रहेका छन् ।
जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकी का बिरामीहरूको संख्या बढ्दै गएको थियो ।यस हिमपातले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र कर्णाली र शुदुरपश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ ।