कालिकोट – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९ अनेरास्ववियु ० कर्णाली प्रदेश अधिवेशनले अध्यक्षमा सल्यानका राजेश ओली र सचिवमा कालिकोटका धर्मबहादुर शाही बिजयी भएका छन ।
दैलेख जिल्लामा भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट राजेश वलीको नेतृत्वमा सर्वसम्मतका साथ ४१ सदस्य कमिटी निर्वाचित भएको हो ।
निशुल्क , गुणस्तरीय र प्राविधिक शिक्षाका लागि अनेरास्ववियुको आव्हान १ जल,जडिबुटी,खानी, पर्यटन र आधुनिक कृषि मार्फत समृद्ध कर्णाली निर्माण भन्ने मुल नारा रहेको प्रथम प्रदेश अधिवेशन उद्घाटन गरिएको थियो ।
अधिवेशनबाट अध्यक्ष राजेश ओली (सल्यान) उपाध्यक्ष बिवस भारती (जाजरकोट), मन्सुन दाहाल (दैलेख) र संजय योगी (सुर्खेत) सचिव धर्म बहादुर शाही (कालिकोट) सहसचिव प्रतिभा शाही (हुम्ला), दिनेश मल्ल प्रकाश (रुकुम पश्चिम) र रोशन शाही (मुगु) कोषाध्यक्ष जगत जंग शाही (जुम्ला) सहित ४१ सदस्य कमिटी निर्वाचित सर्वसम्मतमा भएको सचिव धर्म बहादुर शाहीले जनाए । उक्त अधिबेशन १० वटा जिल्ला तथा विभिन्न क्याम्पस कमिटी प्रतिनिधिको सहभागीतामा सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन गर्न केन्द्रीय अध्यक्ष समिक वडाल लगायतका विद्यार्थी नेता दैलेख पुगेका थिए ।