मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा नगर प्रहरी र सरकारीकर्मचारी सहित पाँच जना पक्राउ परेका छन ।
१४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्नभएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका– ५ कार्कीवाडाका३० वर्षीय बसन्तबहादुर कार्की र कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्तरोकाया रहेका छन् ।
त्यस्तै अन्य तीन जना बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन । बालिकाको स्वास्थ्य बिग्रनथालेपछि परिवारले उनलाई अस्पताल लगेका थिए । चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेकोदेखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुकाका अनुसारअझै चार जना फरार रहेका र खोजि कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार गत असोजमा बसन्तबहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनीबोलाएर तान्दै आफ्नो कोठामा लगेका र त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाईबलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीहरूलाई पुस २५ गते पक्राउ गरी १३ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीले जानकारी गराउनु भयो । फरार भएकाहरुलाई पनि प्रहरीले खोजीरहेको र पीडितबालिकालाई एक संस्थाको संरक्षणमा राखिएको बुढाथोकीले बताय ।