ब्लग : कुपिण्डे दहको त्यो स्मरणीय यात्रा

  • नमस्ते कर्णाली

  • प्रमिला विश्वकर्मा
    २०८० साल वैशाख ३० गते हाम्रो यात्रा सुरु भयो, बाँकेको कोहलपुरबाट । गन्तव्य थियो, सल्यानस्थित प्रसिद्ध कुपिण्डे दह । हामी प्रेस सेन्टर कोहलपुर नगर समितिका साथीहरु मिलेर कुपिण्डेको यात्रामा निस्केका थियौ । हामी गाडीमा यात्रा गर्दै थियो । टोली हिड्नु भन्दा अगाडि सामूहिक तस्वीर लियौ । हामी यात्रामा दश जना साथीहरु थियौ । नगर कमिटी अध्यक्ष पुष्पराज हमाल डाइर्भर बस्ने सिटसँगै क्याविनमा बस्नु भएको थियो । बीचमा म, अनिता विश्वकर्मा कल्पना शाही, बिवेक रेग्मी दोस्रो सिटमा बसेका थियौ भने शुभाकर विश्वकर्मा, प्रतिमा शाही, शान्ति सुनार र शुशिला शर्मा दिदी पछाडीको सिटमा बस्नु भयो । साथीहरु रमाउँदै अघि बढ्यौ । हाम्रो पहिलो चेक पोष्ट चाहीँ चिसापानी थियो । त्यसको केही समयमा हाम्रो टोली बबई पुग्यो ।

    त्यहाँ सबै जनाले साथीले बे्रक फाष्ट लियौ । सबै जना खाली पेट निस्केका थियौ । त्यहाँ सबैले आफ्नो इच्छा अनुसार खाजा खाइयो । करिब १५ मिनेटको ब्रेकपछि फेरि हाम्रो यात्रा सुरु भयो । गाडीमा गीत बजाउँदै, नाच्दै,रमाइलो गर्दै गाडी तुफानी गतिमा अघि बढ्यो । गाडीमा लगाएको गीतका धुनमा मस्त नाच्दैँ, गाउँदै, रमाउँदै हामी छिन्चु पुग्यो ः करिब ९ बजेतिर ।त्यहाँ पनि इन्ट्री भयो । अनि हामी लम्कियौ जहरे, मेलकुना, बोटेचौर रैगरसम्म । तराईमा बसिरहेका हाम्रा लागि सुन्दर दृष्यले मनै लोभ्याउने भए सुन्दर डाँडा, पाखाँ, भिर, देख्न वित्तिकै नरमाउने मानिस कमै होलान् । छिन्चुदेखि चार किलोमीटर अगाडिबाट वारिपारि, डाँडापाखा बीचमा सलल बगेको भेरि नदीले हाम्रो यात्रालाई थप रोमाञ्चक बनायाो । साथीहरुले सुन्दर दृष्यहरु मोबाइलमा कैद गरिरहेका थिए । मैले केही ठाउँमा भिडियो बनाए । कञ्चन भेरिको कानी, कालापत्थर छिचोलेर हिडिरहेको छाल देख्दा मलाई खुबै आनन्द आउथ्यो । हुन त्यो बाटो मेरो लागि पहिलो थिए । सधै हिडिरहेकै बाटो हो । म सल्यानमा जन्मे हुर्केको मान्छे । त्यो सधै आउने जाने बाटो थियो । तर यो यात्रा भने विशेष थियो ।

    विभिन्न जिल्लाका साथीहरु थिए यात्रामा । रमाइलोको बीच हामी पुग्यो भेरि नदिको किनारै किनार रहेका बालुवा संग्रही । हामी अलि थाकेका पनि थियौ । गाडि रोकियो । केही साथीहरुले खाजा खानुभयो । केही साथीहरु अगाडीको पुलमा गएर फोटो खिच्यौ । त्यसपछि हाम्रो यात्रा उकालो लाग्यो । उकालो सुरु भयो, अग्ला अग्ला डाँडा । कच्ची सडक अनि धुलाम्मे । तरपनि हामी हुइकियौ कुपिण्डे दहतर्फ । म त्यहाँको स्थानीय भएर होला त्यहाँको बारेमा सबै थाहा छ । त्यहाँ पहिले यस्तो विकास भएको थिएन । अहिले भने विकासले तिव्रता पाउँदै गरेको महशुस गरे । पहिला हिडेर जानुप¥थ्यो । अहिले भने गाडीमा सजिलै पुग्न सकिन्छ, कुपिण्डे दहमा । साथीहरु मेरो कुरा सुन्दा डराएको जस्तो भाव प्रकट गर्नुहुन्थ्यो । धेरै जना साथीहरु तराईबाट जानु भएको थियो ।

    केही साथीहरुको त कुपिण्डे दर्जन पहिलो नै थियो । दुई किलोमीटर अगाडि बढेका थियौ । अझै धेरै उकालो लाग्न लाग्यो । त्यहाँ मैले भन्दै थिए,तराईमा चलाएको ड्राईभरले पहाडको उकालो ओरालो चलाउन सक्नु हुदैन् । त्यहीं भएर पहाडमा चलाएको डाईभरको आवश्यकता पर्दछ । तर, डाईभर दाई भने सिपालु हुनुहुँदो रहेछ । गाडीपनि नयाँ रहेछ । त्यसैले हामीलाई कुपिण्डे पुग्न कुनैपनि बाधा आएन । सजिलै पुगियो । कुपिण्डे दह आउने र जानेको बस, जिप, मोटरसाइकलहरु लस्कर लागेका थिए । बाटो पनि राम्रो थियो । हामी कुराकानी गर्दागर्दै पुगियो, कुपिण्डे दहमा । गाडिबाट झर्नासाथ एउटा खाना पकाउने दाई आउनुभयो । हजुरहरु कहाँबाट आउनु भएको हो ? खाना अर्डर गर्नुहोस् । खाना अर्डर भयो । अनि सुरु भयो हाम्रो पूजा कार्यक्रम ।

    म भने त्यहाँ पूजाका लागि भनेर विहानैदेखि वर्त नै बसेकी थिएँ । मेरो घर त्यतै भएका कारण मेरो बहिनीसमेत आएकी थिइन् । त्यहाँ जाँदा वर्त बस्नुपर्ने र पूजा गर्नुपर्ने मान्यता छ । त्यहाँ मागेको कुरा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।त्यहाँ कम्तिमा दुईपटक पुग्नुपर्छ भन्ने मान्यतापनि रहेको छ । त्यहाँ गएका अधिकांश साथीहरुले पूजा गरे । फेरि सबैले एकल र सामुहिक तस्वीर खिच्यौ । शुभाकार विश्वकर्माले सरकारले त्यहाँ बोटिङ गर्नेहरुसँग पर्यटकीय स्थलको विषयमा रिपोटिङ गरिरहनु भएको थियो । त्यतिबेलासम्म खाना खाएका थिएनौ । भोक असाध्यै लागेको थियो । साँझ फर्कनसमेत ढिलो हुने भएको छिटो खाना खाने सल्लाह भयो । दह निकै रमणीय छ । गर्मी महिनामा पानीले रङ्ग फेर्छ । मनमोहक देखिन्छ,त्यहाँको दृष्य ।

    म त्यहाँकै स्थानीय भएर होला धेरै जस्तो त्यहाँको बारेमा थाहा छ । मैले साथीहरुलाई पनि भनेकी थिए । साथीहरुले भन्नुभयो । पटकपटक कुपिण्डे दह आउन मन लाग्यो । त्यहाँको वन जङ्गगल वरिपरि हरियाली डाँडापाखा बीचमा सुन्दर कुपिण्डे ताल तालको छेउछेउमा धेरै रुखहरु छन् । तर,रुखको पात कहाँ झर्छ देखिएन । वातावरण निकै सुन्दर थियो । त्यहाँ ढुंगा देखेर चड्न मन लाग्यो । हामी धेरै साथीहरु भएको हँुँदा एउटैमा अटाउने भएन । दुई वटामा चढेर दह परिक्रममा गर्दाको पल अहिले सम्झिदापनि निकै रमाइलो महशुस हुन्छ । एउटा ढुंगामा मसहित प्रतिमा शाही, उमा विश्वकर्मा, शुभाकर विश्वकर्मा, पुष्पराज हमाल थियौ । अर्को ढुंगामा अनिता विश्वकर्मा,कल्पना शाही, विवेक रेग्मी,शान्ति सुनार, सुशिला शर्मा दिदी हुनुहुन्थ्यो । शुभाकर सरकारले चाही भ्लग बनाइरहनु भएको थियो । हामीले सामूहिक तस्वीरपनि खिच्यौ । निकै रमाइलो भयो ।
    कुपिण्डे दहबारे जानकारी
    कुपिण्डे दह ३४ मिटर गहिरो रहेको तथ्य हालै सार्वजानिक गरिएको थियो । २३÷५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाई आठ सय ३४ मिटर छ । त्यहाँको चौडाई पाँच सय ३८, मिटर रहेको छ । कुपिण्डे दह समुन्द्र सतहदेखि ११ सय २० मिटर उचाईमा रहेको छ । सल्यानको पर्यटकीय क्षेत्रका रुपले निकै सुन्दर मानिन्छ । तालको किनारमा बराहको मन्दिर छ । बराह मन्दिरमा पूजा गर्नका लागि धेरै टाढाबाट मानिसहरु आउने गर्नुहुन्छ । लगायत देश विदेशबाट पनि आउने गर्नुहुन्छ । आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धाण भने हुन सकेको छैन ।

    सल्यानी संस्कृतिको जनजीवनले कुपिण्डे दहले वर्षमा तीन पटक पानिको रङ्ग बदल्नु त अनौठो हो हैन र ? कुपिण्डे ताल सुन्दर त छ तर व्यवस्थित छैन । शौचालयको व्यवस्था छैन । जुन हिजोको दिनमा जस्तो थियो आज पनि त्यस्तै छ । स्थानीयले आर्थिक विकासको लागि ढुङ्गा चडेको मात्र शुल्क लिन्छन् अन्य सबै नि शुल्क छ । हाम्रो खाना तयार भयो । सबैले खाना खायौ । समयले हामीलाई पर्खिएन । करिब ४ बजिसकेको थियो । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको अन्तिम महिनाको मिटिङ्ग पनि भयो । त्यहाँ शुभाकर विश्वकर्मा सरले आफ्नो बुबाको स्मृतिमा पुरस्कारसमेत घोषणा गर्नुभयो । हामी फर्किने भयौं । हाम्रो यात्रा कोहलपुरतर्फ मोडियो । नेपालको चन्द्र र सुर्य राखिएको झण्डा कुपिण्डे तालमा फरफराउँदा नेपालको विस्वमा शिर उच्च भएको महशुस भएको थियो हामीलाई त्यहाँ घुम्नको लागि धेरै समय थिएन बाटो लाग्ने तर्रखरमा थियौँ ।

    बैशाखको मैना थियो, सल्यानमा पाइने काफल थियो । त्यस्तै हिड्दाहिड्दै एउटी बुढी आमैले काफल बेच्न ल्याउनु भएको रहेछ । त्यहाँ हामीले काफल किन्यौ । उहाँले धन्यवाद दिनुभयो । हामीले उहाँको आर्शिवाद पाएर फर्कियौ । समय घर्किदै थियो । हामी घरमा आउनको लागि गाडिमा चढ्यौ । बाटोमा खाने कुराहरु खादै नाच्दै गाउँदै राति करिब करिब ,१० बजे कोहलपुर पुग्यौ । सबै जना साथीहरु आ आफ्नो घरतिर लाग्नुभयो ।

     

  • १८ पुष २०८०, बुधबार १२:०९ प्रकाशित

  • Nabintech