मुगु , नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको जिल्ला अधिवेशन गर्ने भएकोछ । मंसीर २८ र २९ गते बसेको जिल्ला कमिटीको सातौं पूर्ण बैठकले नवौ जिल्ला अधिवेशनको मितिआउँदो फागुन ५ र ६ गते जिल्ला अधिवेशन गरिने निर्णय तय गरेको पार्टी जिल्ला अध्यक्ष धर्म बहादुर शाहीलेजानकारी दिनुभयो ।
यसैगरी पालिका स्तरिय गाउँ कमिटि र नगर कमिटिका कार्ययोजना तयार गरी पार्टीका कामहरु विस्तार गरिसंगठित सदस्यता अद्यावधिक गर्ने ।
जिल्ला कमिटि मुगुको कार्यालय टिमले गरेको कार्वाहीलाई अनुमोदन र माथिल्ला कमिटिकापदाधिकारीलाई पार्टी परित्याग गरेकोमा कार्वाहिका लागी प्रदेश कमिटि हुदै केन्द्रिय कमिटिमा सिफारिसगर्ने।गाउँ कमिटि र नगर कमिटिका निर्णयहरु अनुमोदन गर्ने ।
जनबर्गीय सँगठन अर्न्तगतका किसान संघ र दलित मुक्ति मोर्चाको जिल्ला अधिवेशन खत्याडगाउपालीकामा मिति २०८० पौष १५ र १६ गते गर्ने र युवा संघ र अनेरास्ववियूको जिल्ला अधिवेशन सोरुगाउपालीकामा गर्ने उहाँले बताउनुभयो ।