मुगु– नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धितघटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते शनिबारको दिन सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर ३० गतेसम्मसङ्कलन गरिएका १५ ओटा घटना प्रस्तुत गरेका थिए । सबै भन्दा धेरै कुटपिटका घटना समाबेश भएकाथिए ।
कुटपिट सम्बन्धित छ ओटा, बाल बलात्कार वा यौन दुर्ववहार एक ओटा, सामुहिक हत्याको एक ओटा, बलात्कारका चार ओटा , महिला हिंसाको दुई ओटा र खाद्य अधिकार सम्बन्धिको एक ओटा गरि जम्मा १५ओटा घटना प्रस्तुत गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारि टोेपेन्द्र केसीले इन्सेकले तयार पारेकोप्रतिवेदन माथि प्रकाश पार्दै घटना सङ्कलनमा इन्सेक बाहेक अन्यले यथार्थ घटना सङ्कलन नगरेकोबताउनुभयो । इन्सेकका लागी संकलन गरिएका घटनाहरु लेख्ने कुरामा केहि त्रुटि छन् ती भए गरेकागल्तीलाई सच्याई बार्षिक पुस्तकमा राख्न सुझाव दिएका थिए ।
छाँयानाथ रारा नगर पालिकाका नगर प्रमुख विष्णु कुमार भामले जन युद्धको समय देखि अहिलेसम्मअन्यायमा परेका मानिसहरुको लागि इन्सेक आवाज बनेको र स्थानीय सरकार बनेको छ बर्ष बिति सक्दापनि स्थानीय सरकारको न्याय समितीमा कुनै पनि केस न आउने गरेर र अब आउदा दिनहरुमा इन्सेकलेस्थानीय तहका न्यायसमितिलाई बिउझाउन इन्सेक लाई सल्लाह दिएका थिए ।
नेकपा एमालेका जिल्ला सचीव सुरेन्द्र मल्लले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणाराख्दै स्थानीय तहको न्याय समिति भएका प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनु भएको छ ।उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्नइन्सेकलाई आग्रह गर्नु भएको हो । एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुकासाथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई सचीव मल्लले बताए ।
जिल्ला नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले इन्सेकले संकलन गरेका घटना यथार्थ सहिभएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेक जनचेतना मुलुक तालिम वागोष्ठी गर्न इन्सेकलाई सुझाव दिए ।
कार्यक्रममा उपस्थित भएका सम्पुर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामारहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामाखाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था , स्वास्थ्यको अवस्था , घरेलु हिंसाको अवस्था , विभिन्न प्रकारका जातीय र लैङ्गकि विभेदको बारेमा पनि इन्सेकलेअभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले ब