हरियो जङ्गल छ । चराचुरुङ्गी कराई राखेका छन । सिरसिर हावा चलेको छ । आकाशमा वादल लागिरहेको छ । डाडाकाँडा सेताम्य छन । माैसम थियो चिसो । ऋतु चाहिँ शीशीर । ठाउँ भहाभारत क्षेत्र जस्तै । सदावहार वनजङ्गल पनि । त्यसकै छेउमा बान्की परेको माेहनकाे घर छ ।त्यो भन्दा वरपर अरु घर पनि धेरै छन ।धेरै मान्छेहरू जम्मा हुने मेाहनकाे पिडिमा आज पनि मान्छेकाे भिडभाड उत्तिकै छ । समय थियो कामको फुर्सददिलाे । याे समय सबै जना आराम गरेर बस्ने । घाम ताप्ने काम गर्दथे । जाने सुने जति कुरामा गफिन्थे । हातकाे काम पनि गर्दथे । समय समयमा रेडियोबाट समचार सुन्ने गर्दथे । समचारबाट नजिकै हुने गर्दथे । गाउँ शिक्षित थियो । त्यहीँ गाउँको सागर अमेरिका गएको थियोे । अमेरिका गएको एक वर्ष भएको थियो । उनी अत्यन्त लगनशील र मिहिनेती थिए ।गएको समय देखि आजसम्म आफ्नो ऋण र घरको लागेको खर्च तिरी सकेका छन । त्यहीँ विषयमा गाउँका सबै बसेका मानिसले सागरका विषयमा कुरा गरिरहेका थिए ।त्यस पछि गाउँमा अरु युवाको प्रगति र दूरगतिका विषयमा कुराकानी चलिरहयाे । सबै युवाहरु विदेशीन लागे देश त ड्याङ्ग हुने भयो । देशमा बसे राष्ट्र र राष्ट्रियता बलियो बनाउन सकिन्थ्यो । स्वतन्त्रता प्राप्ति कार्यन्वयन हुने थियो भनेर राष्टभक्ति विषय तर्फ लचिलाे प्रसङ्ग माेडियाे । सबै राष्ट्र भक्ति भएको जस्तो देशको चासो चिन्तन गर्ने माहोल बन्यो त्यहाँ । समचार आएको थियोे । गाउँका बुढापाकाले दिउँसो तीन बजेतिर वि वि सि सेवा सुनिरहेका थिए । माेहनकाे पिडिमा नै छन सबै । अमेरिकामा पाँच जना नेपाली मरेको समचार आयो । तिनीहरूको ठेगाना भने खुलाएको थिएन ।सबै झसङ्ग भए । भरखरै सागरकाे कुरा गरेर सकेका थियौ ।सागर एक वर्ष पछि आएर सुन्तलीसँग विहे गर्ने कुरा मात्रै छुटाएका थियौ । सबैले सागरलाई फाेन गर्ने कुरा गरे ।इन्टरनेट भने थिएन । फाेन पनि लागेन । इन्टरनेट भएको ठाउँमा गएर उसकाे साथिलाई फाेन गर्ने कुरा गरे । एक दिन हिडेर गएर बजारबाट भिडियो गरे तर सागर सञ्चै भएको कुराकाे जानकारी आयो । त्यो कुरा गाउँमा पुर्याए। त्यति मात्रै हाेइन । कमाइ पनि राम्रो भएको जानकारी गराए। मृत्युहुनेहरु बाके ,महेन्द्रनगर , झापा , गुल्मी र नुवाकोटका रहेको जानकारी ल्याए। रक्सी पनि खान्न । चुरोट पनि पिउदिन । कुलत कतै नलागेको जानकारी गराएको कुरा पनि ल्याए। सुरेश जापान गएको थियो । सागर र सुरेश दुबै एकै समयमा घर छाेडेका थिए। सुनाैलाे गाउँ छाेडेर जादा नरमाइलो दुबैले मानेका थिए। सुरेश जापान जादा चाैधलाख जति खर्च भएको थियो । जापानमा काम मिलेको थियोे । सागरसग कुरा गर्दा राम्रो छ भन्ने गर्थ्याे । कमाइ पनि राम्राे छ भन्थ्याे । गाउँमा भने एक पैसा पनि पठाएको थिएन । गाउँमा पनि राम्रो रहेको जानकारी दिन्थ्याे । त्यहाँ गएर कुलतमा लागेको रहेछ । कुलतमा फसेको कुरा बजारमा गरेको उसकाे बदमासी कामबाट थाहा भयाे । जापानको सुरक्षाले नेपाली राजदूतमा जानकारी गरायो । त्याे खबर सुरेशकाे घरमा पुग्यो । घरका परिवारले नेपाली राजदूताबासमा खबर गरे । राजदूताबासले वेपत्ता परेको भए उद्धार गर्ने थियौ । यहाँ त कुलत र गलतकाम गरेर बसेकाे हुनाले यिनको उद्धार दुताबासले गर्ने छैन । चाैध लाख रुपैया पठाउनु आफ्नो छाेरा लैजानु भनेर खबर गर्याे । बाबू आमा झसङ्ग भए । गाउले सबै मिलेर पैसा उठाएर सुरेशलाई घर ल्याए। विदेशी माेह खान जाने केलाकेा पात खान नजाने पम्पुणा हात हुने छ । माेहनका गाउले सबैले थाहा पाए। यस्तो कुरा त समचारमा पनि दिनु पर्ने जानकारी गराए