१६, बैशाख २०८२
बाँके। बाँके प्रहरीले अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठलाई पक्राउ गरेको छ । जाहेरी दरखास्त प्राप्त भई आवश्यक कानूनी प्रक्रिया पश्चात अनुसन्धानको लागि नेपालगन्ज १० का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ब्यवसायीबाट डर देखाई रकम माग गरेको जोहरीका आधारमा अदालतबाट पक्राउ पुर्जि लिएर श्रेष्ठलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीलले बताउनुभयो ।उहाँले जाहेरी दिने ब्यवसायीको परीचय दिन भने अस्वीकार गर्नुभयो।
ब्यवसायीक कार्य भन्दा बाहिर गएर अपराधिक लाभ लिने गरेको उजुरी परेपछि प्रहरीले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएको उहाँले बताउनुभयो । श्रेष्ठमाथि अपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ। श्रेष्ठले ध्वनी खबर नामको मिडिया सञ्चालन गर्दै आएका थिए ।