डोटीमा ट्रयाक्टर दुर्घटना : चालक र सहचालक घाइते

  • नमस्ते कर्णाली

  • बैशाख १४, २०८२
    डोटी। डोटीको आदर्श गाउँपालिका–२ कारङ्गेमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।
    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति १ बजे सायलबाट दिपायलतर्फ जाँदै गरेको से २ त २३४० नम्बरको खाली ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको हो।
    दुर्घटनामा घोडाघोडी नगरपालिका–१२, नख्खवा (कैलाली) निवासी २६ वर्षीय चालक राजेश चौधरी सामान्य घाइते भएका छन्। ट्रयाक्टरमा सवार १९ वर्षीय सहचालक पवि चौधरीको ढाड र निधारमा चोट लागेको छ। सहचालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
    घाइते दुवैजनालाई प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी उपचारका लागि सुजङ अस्पताल, राजपुर पठाएको इलाका प्रहरी कार्यालय आदर्श डोटीले जनाएको छ।

  • १४ बैशाख २०८२, आईतवार ११:०४ प्रकाशित

  • Nabintech