१२, बैशाख २०८२
पाल्पा।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको बताउनुभएको छ । पाल्पाको रामपुरमा शुक्रबार नेकपा एमाले नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारले परिणाम प्राप्त हुने गरी काम गरेको र ती गरेका कामहरूलाई जनस्तरसम्म पु¥याउन पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको हो ।
सडक पूर्वाधार, खानेपानी, सिंचाई, पर्यटन लगायतका आयोजनाहरूलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले पाल्पा जिल्लामा योजनाहरू कार्यान्वयन गरेको जानकारी दिँदै ती योजनाहरूको सदुपयोग र परिणाममा ध्यान दिन आग्रह गर्नुभएको छ ।
‘काम नभएको होइन, प्रशस्त भएका छन् । ती कामको बारेमा हामीले खुलेर प्रचार गर्न सकेनौं कि, बताउन सकेनौं कि । प्रदेश सरकार बनेदेखि थुप्रै कामहरू यहाँहरूको बस्तीमा पुगेका छन्’ उहाँले भन्नुभयो, ‘सिंचाईका आयोजना हुन् या खानेपानीका, सबै ठाउँमा सरकारले ध्यान दिएको छ ।’
लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम–उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर निर्माणको काम जारी राखेको छ ।