लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि पुलिस र सशस्त्र भिड्दै

  • नमस्ते कर्णाली

  • १२, बैशाख २०८२
    बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ ।
    अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच भीडन्त हुनेछ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ ।
    नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए ।
    एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताइन् ।
    प्रतियोगिताको विजेतालाई पाँच लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

  • १२ बैशाख २०८२, शुक्रबार ११:०३ प्रकाशित

  • Nabintech