११, बैशाख २०८२
बाँके । रौतहट फुटबल संघलाई ३ शुन्य गोल अन्तरले हराउँदै विभागिय टिम एपिएफ फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा रौतहटलाई हराएको हो ।
एपिएफको तर्फबाट अनिता केसीले दोश्रो हाफको २८ औँ मिनेटमा पहिलो गोल गरिन । यस्तै निशा थोकर ३५ औँले मिनेटमा दोस्रो गोल र सबिता राना मगरले ४५ औँ मिनेटमा तेस्रो गोल गरिन ।
रौतहटले गोल गर्ने थुप्रै अवसर गुमाएकको थियो । खेलमा एपिएफका अनिता केसी प्लेयर अफ द म्याच घोषित भईन ।प्रतियोगितामा यही बैशाख १२ गते दुई वटा विभागिय टिम नेपाल पुलिस क्लबसँग एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएको छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको उक्त प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।