अबैध रूपमा भारतबाट नेपाल ल्याउँदै गरिएको दुई लाख बराबरको कुखुराको चल्ला बरामद

  • नमस्ते कर्णाली

  • ९, बैशाख २०८२
    बाँके। बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरुवा नजिकैबाट भारतबाट अबैध रूपमा नेपाल ल्याउँदै गरिएको ठूलो परिमाणको ब्रोइलर कुखुराको चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रबक्ता डिएसपी दिपक पातलीले जानकारी दिनुभयो ।

    भारतको बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) ले झण्डै २० कार्टुन, करिब २,००० वटा ब्रोइलर कुखुराको चल्ला नेपाल तर्फ ल्याउँदै गर्दा सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका हुन्। बरामद गरिएका चल्लाको अनुमानित मूल्य दुई लाख रुपैयाँ रहेको जनाइएको छ।

    घटनापछि अभियुक्त शिव मनिहारलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको छ। सीमावर्ती क्षेत्रमा यस्ता अबैध कारोबार रोक्न सुरक्षा निकायहरू सक्रिय रहेको जनाइएको छ।

     

  • ९ बैशाख २०८२, मंगलवार ११:२१ प्रकाशित

  • Nabintech