नेपाल प्रगतिशील प्राध्यापक संगठन वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम

  • नमस्ते कर्णाली

  • ६, बैशाख २०८२
    बाँके ।आपसी सद्भाव, समन्वय र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल प्रगतिशील प्राध्यापक संगठन वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर इकाई कमिटीको आयोजनामा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम शनिबार कोहलपुरस्थित सिद्धिविनायक सामुदायिक वनको पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा प्राध्यापक, विद्यार्थी, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका पदाधिकारीहरू लगायत ६० भन्दा बढीको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा सहभागीहरूबीच आपसी भाइचारा, सहकार्य र सम्बन्ध सुदृढ गर्न प्रेरणादायक सम्वादहरू आदानप्रदान गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता इकाई कमिटीका अध्यक्ष अनुप शाहीले गर्नु भएको थियो भने नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ प्रमुख अतिथि रहनु भएको थियो।

    कार्यक्रममा नेकपा एमाले बाँकेका पदाधिकारी तथा नेतागण, शिक्षक तथा पेशागत संगठनका प्रतिनिधिहरू, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्यहरू तथा लुम्बिनी प्रदेश प्रतिनिधिहरू, महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीका प्रतिनिधिहरू, वागेश्वरी क्याम्पसका पुर्व अध्यक्ष तथा क्याम्पस प्रमुखहरू, प्रजातान्त्रिक प्राध्यापक संघ तथा राष्ट्रिय प्राध्यापक संगठनका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा वागेश्वरी बहुमुखी क्याम्पसमा कार्यरत उप-प्राध्यापक पुष्करनाथ रिजाल र मानविकी तथा समाजशास्त्र विभाग प्रमुख खोपीराम वली क्षेत्रीलाई नेपाली विषयमा विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेकामा बधाई तथा सम्मान गरिएको थियो। त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्षलाई पनि बधाई ज्ञापन गरिएको थियो।

    शुभकामना मन्तव्य कमिटीका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र शाहीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इकाई कमिटीका सचिव प्रमोद सुवेदीले गर्नुभएको थियो।

    कार्यक्रमले शिक्षक, विद्यार्थी तथा सरोकारवाला पक्षहरूबीच सहकार्य र सुमधुर सम्बन्ध निर्माण गर्न सहयोग पुगेको इकाई कमिटीका अध्यक्ष अनुप शाहीले बताउनुभयो।

     

  • ६ बैशाख २०८२, शनिबार २१:२७ प्रकाशित

  • Nabintech