डोटीमा बन्दुक पड्किँदा युवकको मृत्यु, १० जना पक्राउ

  • नमस्ते कर्णाली

  • ५, बैशाख २०८२
    धनगढी । डोटीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । बडीकेदार गाउँपालिका- १ बेडुपाटा खोलाको किनारमा बन्दुकको बट रुखमा ठोक्किएर पड्किँदा सोही गाउँपालिकाको २ नम्बर वडा स्थित बर्छेनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार बडीकेदार गाउँपालिका- १ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किएर बन्दुक पड्केपछि सार्कीको छातीमा गोली लागेको थियो । डोटी प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार सार्कीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको अनुसन्धानका लागि १० जनालाई पक्राउ गरिएको शर्माले बताए ।
    बडीकेदार- १ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्का, २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारासिंह खड्का, ४० वर्षीय अमर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तीमगर, ७१ वर्षीय मानबहादुर शाह तथा वडा नम्बर २ का ३९ वर्षीय तेजेन्द्र भाट र २६ वर्षीय जुलेश नामजालीमगर पक्राउ परेका हुन् ।

  • ५ बैशाख २०८२, शुक्रबार १३:५० प्रकाशित

  • Nabintech