मुगु- युवा मानवअधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।
मानवअधिकार रक्षकहरूको अधिकार र संरक्षणका सवालमा केन्द्रित एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियको थियो।
कार्यक्रममा युवा मानवअधिकार रक्षकहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा सम्बन्धित सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवअधिकार रक्षकहरूलाई हुने चुनौती, जोखिम, तथा उनीहरूको सुरक्षाका उपायहरूबारे गहिरो छलफल गरे। विभिन्न तहमा काम गरिरहेका मानवअधिकार रक्षकहरूले आफूले भोग्दै आएका अनुभवहरू साझा गरे।
जनप्रतिनिधिहरूले उनीहरूको सुरक्षाका लागि कानुनी तथा नीतिगत उपायहरूबारे जानकारी सहित प्रतिबध्धता समेत जनाय।
कार्यक्रममा बोल्दै वक्ताहरूले मानवअधिकार रक्षकहरूको भूमिकालाई संस्थागत रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, मानवअधिकार संरक्षणका लागि राज्यका निकाय, नागरिक समाज र संचार माध्यमबीच समन्वय आवश्यक रहेको निष्कर्ष पनि निकालिएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रम युवा मानव अधिकार रक्षक संजाल मुगु र ग्रामिणमुखि युवा अभियान नेपालको आयोजनामा सम्पन्न भएको हो।