बाँके प्रशासनले बिदाको दिन पनि सार्वजनिक सेवा सुचारु गर्ने

  • नमस्ते कर्णाली

  • ३, बैशाख २०८२

     बाँके  जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले वि सं२०८२ सालमा पर्ने सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवालाई सुचारु गरिने जनाएको छ । अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट सार्वजनिक सेवा लिन सक्नेछन् ।

  • ३ बैशाख २०८२, बुधबार १४:१९ प्रकाशित

  • Nabintech