नेपालगन्जमा १०औं राष्ट्रिय झण्डा दिवस भव्य रूपमा सम्पन्न

  • नमस्ते कर्णाली

  • बैशाख १, २०८२
    बाँके । राष्ट्र र राष्ट्रियताको प्रतीक नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जको रामलिला मैदानमा भव्य रूपमा सम्पन्न भएको छ। बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा झण्डाको महत्त्व र राष्ट्रिय एकताको सन्देश फैलाइएको थियो।

    कार्यक्रमका प्रमुख वक्ता अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले नयाँ वर्षको पहिलो दिनलाई झण्डा दिवसको रूपमा मनाउने परिकल्पना नेपाली झण्डाप्रति सम्मान प्रकट गर्न गरिएको बताउनुभयो उहाँले झण्डा सबै नेपालीलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय प्रतीक भएको स्मरण गराउनुभयो।

    सो अवसरमा बरिष्ठ अधिवक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रमको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो भने समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो।

    बास नेपालका सूचना अधिकारी हेमराज भट्टका अनुसार यस वर्ष बैशाख १ गतेको अवसरमा बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुपन्देही, सल्यान, ललितपुर, दार्चुला, जाजरकोट, सिराहा, झापा, प्युठान लगायतका जिल्लामा पनि झण्डा दिवस भव्य रूपमा मनाइएको छ।

    झण्डा दिवसले राष्ट्रिय एकता, स्वाभिमान र देशप्रेमको भावना अभिवृद्धि गरेको आयोजकहरूको भनाइ छ।

     

     

  • २ बैशाख २०८२, मंगलवार १२:२४ प्रकाशित

  • Nabintech