२, बैशाख २०८२
काठमाडौं । चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि शुुरु हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने बताएका छन् ।
महासंघले परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । महासंघले उत्तर पुस्तिका परीक्षण, नतिजा जस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको हो ।
सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।
सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।