“ सञ्चारिका समूह बाँकेको २३औं वार्षिकोत्सव “निडर र निष्पक्ष पत्रकारिताका लागि प्रतिबद्ध छौं” — उपप्रमुख सुवेदी

  • नमस्ते कर्णाली

  • “ सञ्चारिका समूह बाँकेको २३औं वार्षिकोत्सव “निडर र निष्पक्ष पत्रकारिताका लागि प्रतिबद्ध छौं” — उपप्रमुख सुवेदी

    ३०, चैत्र २०८१
    बाँके । “निडर र निष्पक्ष पत्रकारिताका लागि महिला पत्रकार सधैं प्रतिबद्ध छन्,” कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले भनिन्। सञ्चारिका समूह बाँकेले स्थापना दिवसको २३औं वार्षिकोत्सव शुक्रबार कोहलपुरमा विविध कार्यक्रम गरी मनाएको छ।

    “निडर र निष्पक्ष पत्रकारिता : महिला पत्रकारको प्रतिबद्धता” भन्ने मूल नारासहित सञ्चारिका समूह बाँकेले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा स्थानीय शासनमा महिला सहभागिता र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया तथा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन गरिएको थियो।

    उपप्रमुख सुवेदीले स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरेकी थिइन्। उनले सञ्चारिकाको योगदानलाई सराहना गर्दै महिला पत्रकारिता अझ सशक्त बन्दै गएको बताइन्। वडा नं. ११ की अध्यक्ष कल्पना शर्मा, प्रेस चौतारीका केन्द्रीय सदस्य विष्णु बेल्वासे लगायतले संयुक्त रूपमा नयाँ वर्षको क्यालेन्डर विमोचन गरेका थिए।

    कार्यक्रममा सञ्चारिका समूह बाँकेकी कोषाध्यक्ष धना केसिले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव आशा परियारले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, डब्लु डब्लु जे बाँके अध्यक्ष सावित्री गिरी, पत्रकार निशु जोशी, स्मृति देवकोटा, विष्णु बेल्वासे, प्रमोद रिजाल लगायतले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए।

     

    त्यस्तै, पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यवाहक अध्यक्ष संगीन शर्मा, प्रेस चौतारी बाँकेका पूर्व अध्यक्ष तथा रेडियो प्रतिबोधका स्टेसन म्यानेजर हेमन्त विक, प्रेस सेन्टर बाँकेका सचिव पुष्पराज हमाल लगायतको उपस्थिति रहेको थियो।

  • २९ चैत्र २०८१, शनिबार १९:०२ प्रकाशित

  • Nabintech